१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पीडितका आफन्तलाई भदौ २४ गते घरबाट गिरफतार गरेको छ ।
पीडितलाई आरोपितले भदौ १८ गते मादक पदार्थ सेवन गरी बलात्कार गरेको भन्द पीडित पक्षले भदौ २४ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएका थिए ।
पीडितकी हजुरआमाले पीडितकी आमाले चार वर्ष अगाडि दोस्रो विवाह गरी गएको राती सुतिरहेको अवस्थामा बलात्कार गरेको र कसैलाई नभन्न धम्की दिएको इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, सालझण्डीका इन्स्पेक्टर अनिल पण्डितले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २४ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।







