• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, मङि्सर २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भाइरल ज्वरो फैलियो,स्वास्थ्यचौकीमा औषधि नहुँदा उपचारमा समस्या


  •     अभियान हाम्रो/ मङ्गलबार, भदौ २६, २०८०  

  • सोरु गाउँपालिका—४ माथिलिब्रु गाउँमा डेढ सातादेखि भाइरल ज्वरो फैलिएको छ ।  सोही गाउँका ४९ वर्षीय धनसिह नेपालीले भन्नु भयो ‘एक सातादेखि ज्वरोले बिरामी भएको छु । कडा ज्वरो आउने, टाउको दुख्ने, रिगंटा लाग्ने, घाटी दुख्ने, बान्ता हुने गरेको छ ।’

    उहाँले भन्नुभयो ‘गाउँका स्वास्थ्यचौकीमा औषधि नभएपछि घरेलु उपचारको भरमा उपचार गरिरहेको छु । चाहिएको बेला न गाउँमा स्वास्थ्यकर्मी हुन्छन् न औषधि नै ।’ ज्वरो आउने, टाउको दुख्ने र घाँटी दुख्नेलगायत समस्याबाट घरमै सुतेको एक साता बित्यो । पहिलोचोटी ज्वरोले ओछ्यानमा ढलायो । खानामा पटक्कै रुची छैन, ओछ्यानबाट उठ्न गाह्रो भएको सोही ठाँउकी ४७ वर्षीया बिर्सना शाहीले बताउनुभयो ।

    अधिकांश बस्तीमा ज्वरोका बिरामी बढेका छन् । ज्वरो, मौसमी रुघाखोकीलगायतका कारण रावलबाडा, माथिलिब्रु, तलिलिब्रु, भादगाउँ, खातीकुयानी, फोतु, गिलिबिलिलगायत गाउँमा घरघरै बिरामी परेका छन् । गाउँमा बालकदेखि ज्येष्ठ नागरिक सम्मलाई ज्वरोले सताएको स्थानीय रनवीर शाहीले बताउनुभयो ।

    उहाँले भन्नुभयोे ‘बिरामी नभएका घरै छैनन् । एउटै घरमा तीन जनासम्म बिरामी परेका छन् । तर गाउँको स्वास्थ्यचौकीमा औषधि नहुँदा उपचारमा समस्या छ ।’

    घरैपिच्छे बिरामी बढेपछि बिरामीको चाप ह्वात्तै बढेकोले जिवनजल, सिटामोल, मेट्रोलगायतका औषधि अभाव भएको फोतु स्वास्थ्यचौकीकी अनमी डकार्मा बोगटीले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्यचौकीमा औषधि नभएपछि अधिकांश बिरामीलाई चेकजाँच गरेर हुम्लाको तुम्च र बालुकुनामा रहेका निजी मेडिकलबाट औषधि ल्याउनुपर्ने बाध्यता छ ।

    उहाँले भन्नुभयो ‘अब त सिटामोलको पनि अभाव भयो । बिरामीलाई औषधि ल्याउन कर्णालीपारिको हुम्लाका मेडिकलमा पठाउनुपर्ने बाध्यता छ ।’ गुरुबर्मास्थित कालिका माध्यमिक विद्यालय र आधारभूत विद्यालय सर्किदेउका अधिकांश विद्यार्थीमा पनि ज्वरो र रुघाखोकी देखिएको अनमी बोगटीले जानकारी दिनुभयो ।

    विद्यार्थीहरु धमाधम बिरामी भएपछि पठनपाठन प्रभावित हुन थालेको कालिका माविका प्रधानाध्यापक अंगबहादुर बुढाले बताउनु भयो । उहाँका अनुसार झण्ढै अढाई सय विद्यार्थीमध्ये झण्डै ५० जनामा ज्वरो देखिएको छ । कक्षाकोठामा पढ्दापढ्दै विद्यार्थीलाई ज्वरो आउन थालेपछि घर पठाउने गरिरहेको बताउनुभयो ।

    गाउँगाउँमा ज्वरोका बिरामी बढेपछि सोरु गाउँपालिकाले स्वास्थ्यकर्मीलाई घरघरमा उपचारका लागि खटाएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट पनि झण्डै आधा दर्जन स्वास्थ्यकर्मी गाउँमा खटिएका छन् । स्वास्थ्यकर्मी औषधि उपकरणसहित माथिलिब्रु, तलिलिब्रु, रावलबाडालगायत गाउँमा पुगेका छन् । अहिले बिरामीहरुको नमुना संकलन गरिरहेका छन् । डेढ सय बिरामीको स्वास्थ्य परीक्षण गरिएको र औषधि दिइएको सोरु गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रित्र धामीले बताउनु भयो ।

    बिरामीको नमुना संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको छ । अहिले मौसमी ज्वरो र रुघाखोकीको लक्षणजस्तो देखिएको उहाँले बताउनु भयो। उहाँका अनुसार ‘गाउँमा पुगेको स्वास्थ्यकर्मीको टोलीसँग स्थानीयले औषधि माग्न हानथाप गर्ने गरेका छन् । सबैतिर बिरामी बढेपछि स्वास्थ्य चौकीहरुमा औषधिको चरम अभाव भएकाे छ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    ताजा अपडेट
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)
    • बिकास बिरोधिले रंगशालामा छरेको भ्रमको बीउ चुनाबमा फसल उठाउने नियत: s.p.regmi

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.