• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

विदेशमन्त्रीपछि चीनमा रक्षामन्त्री ‘गायब’ भएको आशंका


  •    संवाददाता/ मङ्गलबार, भदौ २६, २०८०  

  • केही महिनाअघि चिनियाँ विदेशीमन्त्री ली कियाङ गायब हुनुभएको खबर आयो। नभन्दै चीन सरकारले उहाँको स्थानमा वाङ यीलाई विदेशमन्त्री नियुक्त गरेपछि यो पुष्टि पनि भयो।

    अहिले फेरि त्यस्तै समाचार आइरहेका छन्। विदेशमन्त्री पनि रक्षामन्त्री ली साङ्फू सार्वजनिक रुपमा केही हप्तादेखि नदेखिएको विभिन्न सञ्चारमाध्यमले लेखेका छन्।

    जापानका लागि अमेरिकी राजदूत रेहम इमानुएलले चीनमा बढ्दो राजनीतिक उलटपुलटलाई लिएर सामाजिक सञ्चार एक्समा पोस्ट गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, ‘पछिल्लो दुई हप्तायता चिनियाँ रक्षामन्त्री देखिनुभएको छैन। यसअघि चिनियाँ सेनाका रकेट फोर्सका जनरल गायब हुनुभएको थियो।’

    समाचारअनुसार रक्षामन्त्री साङ्फू २९ अगस्ट २०२३ पछि कुनै पनि सार्वजनिकस्थलमा देखिनुभएको छैन। उहाँमाथि २०१७ मा भएको भ्रष्टाचारसम्बन्धी छानबिन चलिरहेको थियो। अन्तिमपटक उहाँले चीन–अफ्रिका शान्ति तथा सुरक्षा मञ्चलाई सम्बोधन गर्नुभएको थियो। यसअघि साङ्फू सुरक्षा मञ्च (सेक्योरिटी फोरम) मा सहभागी हुन रुस जानुभएको थियो। त्यतिबेला सांफूले चीनलाई घेरा हाल्न ताइवानलाई प्रयोग गरेको भन्दै अमेरिकाको आलोचना गर्नुभएको थियो। ताइवानलाई प्रयोग गरी अमेरिका आगोसँग खेलिरहेको उहाँको टिप्पणी थियो।

    सेनामा एकता राख्न राष्ट्रपति सीको निर्देशन

    रक्षामन्त्री गायब भएकै बेला चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको सेनामा एकता र स्थिरता कायम राख्न निर्देशन दिनुभएको छ। त्यस्तै, युद्धका लागि पनि सेनालाई तयारी अवस्थामा बस्न सीको निर्देशन छ।

    रक्षामन्त्री साङ्फू सैन्य परिवारको व्यक्ति हुनुहुन्छ। सन् १९३० र १९४० का बेला जापानविरुद्ध लडाइँ लडेका साङ्फूका पिता ली साओजू रेड आर्मी अधिकृत हुनुहुन्थ्यो। उहाँलाई गृहयुद्ध र त्यसपछि भएको कोरियाली युद्धमा लजिस्टिक रेलवे पुनर्निर्माणमा महत्वपूर्ण भूमिका निभाउने व्यक्तिका रुपमा चिनिन्छ। पछि १९५०–७० को दशकमा तिब्बत र युन्नान सीमावर्ती क्षेत्रमा पिपल्स लिबरेसन आर्मीको रणनीतिक रेलवे बलको इन्जार्च बनाइएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.