• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सुवासचन्द्र नेम्वाङः मुलुकले गुमायो समन्वयकारी नेता


  •    संवाददाता/ मङ्गलबार, भदौ २६, २०८०  

  • मुलुकले सोमबार राति राष्ट्रिय राजनीतिमा समन्वयकारी भूमिका निर्वाह गर्ने नेता सुवासचन्द्र नेम्वाङलाई गुमाएको छ। संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ।

    उहाँलाई घरमै हृदयाघात भएपछि उपचारका लागि काठमाडौँ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो तर उहाँको बाटोमै निधन भएको अस्पतालले जनाएको छ।

    वाथरुम जाने क्रममा उहाँ ढल्नु भएको र परिवारका सदस्यले तत्कालै उपचारका लागि अस्पतालमा पुराएका थिए तर उहाँको बाटोमै निधन भएको जनाइएको छ।

    शिक्षण अस्पतालका अनुसार, उहाँलाई राती १:२० बजे अस्पताल ल्याइएको थियो। अस्पतालले नियमित प्रक्रिया पूरा गरेपछि ४:२० बजे नेता सुवासचन्द्र नेम्वाङको निधनको औपचारिक घोषणा गरेको हो।

    स्वच्छ र इमान्दार छवि भएका नेता सुवासचन्द्र नेम्वाङको जन्म २००९ फागुन २८ गते इलाममा भएको हो। उहाँको जन्मथलो इलामबजार नजिकै सुन्तलाबार हो । सुवासचन्द्र नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा प्रवेश गर्नु भएको हो। २०३३ सालमा राजद्रोह मुद्दामा उहाँ केही समय जेल पर्नुभयो। स्नातक अध्ययनका क्रममा २०२८ सालमा अनेरास्ववियुबाट इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति बनेयता सुवासचन्द्र नेम्वाङ राजनीतिमा निरन्तर सक्रिय हुनुभयो।

    कानुनका ज्ञाता, वरिष्ठ अधिवक्ता सुवासचन्द्र नेम्वाङले नेपाल ल क्याम्पसमा पढाउनु भएको थियो। ल क्याम्पसका सयौ विद्यार्थीका बीचमा उहाँ अहिले पनि “सुवास सर” का रूपमा लोकप्रिय हुनुहुन्छ। प्राध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाउन सफल सुवासचन्द्र नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिव समेत हुनुभएको थियो।

    सुवासचन्द्र नेम्बाङ २०५६ र ०७४ सालको संसदीय निर्वाचनमा विजयी बन्नुभएको थियो। यस्तै २०६४ र २०७० सालका दुवै संविधानसभा निर्वाचनमा पनि इलाम क्षेत्र नं. २ बाटै विजयी हुनुभएको थियो। २०४८ र २०५१ सालमा नेम्वाङ राष्ट्रियसभा सदस्य समेत बन्नुभएको थियो। उहाँ सभामुख र दुवै संविधानसभाका अध्यक्ष हुनुभयो।

    एक पटक संसद्को सार्वजनिक लेखा समिति अध्यक्ष समेत बन्नुभएका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री समेत हुनुभयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.