अजय क्षेत्री
पोखरा १४ चाउथे प्रगति टोल स्थित श्री पाञ्चायन मन्दिर मुर्ति अनावरण कार्यक्रम सम्पन्न भएको छ वडा न:१४का वडा अध्यक्ष बोध बहादुर कार्किको प्रमुख अतिथिमा विशेष अतिथि पोखरा अन्तरास्ट्रिय परियोजना प्रमुख बिनेश मनाकर्मि बिभिन्न टोलका आमासमुह टोल बिकास सस्थाका अध्यक्ष विभिन्न दलका वडा कमिटीका सभापति तथा अध्यक्ष युवा कल्वका अध्यक्ष को उपस्थित भएको थियो ।
धार्मिक क्षेत्रमा आफुले वडाबाट सक्ने सक्दो सहयोग पहल गर्दै यो मन्दिरका व्यवस्थापन समिति सङ्गै सबैटोल बासिलाई धन्यवाद ज्ञापन गर्दै वडाअध्यक्ष कार्कि ले खुसि ब्यक्त गर्नुभयो।
बिशेश अतिथि विनेश मनाकर्मिका अनुसार आर्थिक सहयोग र भैतिक सहयोग पनि आफ्नो स्तरबाट गर्ने र सधैटोल बासिसङ्गै सङ्गै हातेमालो गर्ने बताउनु भयो प्रगतिटोल लाई मन्दिरमा पुजापाठ लागि बाहिर जान नपर्ने र सबै टोलबासिको मुहारमा खुसि छाउन सफल भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर थापाले बताउनुभयो ।
कार्यक्रममा छुट्टै किसिमको खुसि र रौनक छाएको थियो। भने टोल बिकास सस्थाका सचिब गोविन्द सापकोटाले सन्चालन गरेको कार्यक्रममा कृष्ण खाड ले स्वागत मन्तव्य दिनुभएको थियो।।