• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, चैत २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जिल्ला समन्वय समिति कास्कीद्वारा कार्यालयहरूको बार्षिक समिक्षा समन्वयका लागि गुनासो डेस्क स्थापना गर्ने

"जिल्ला समन्वय समिति कास्कीद्वारा कार्यालयहरूको बार्षिक समिक्षा समन्वयका लागि गुनासो डेस्क स्थापना गर्ने "

  •     अभियान हाम्रो/ सोमबार, भदौ २५, २०८०  

  • भदौ २५, पोखरा

    जिल्ला समन्वय समिति कास्कीले गुनासो तथा उजुरी डेस्क स्थापना गर्ने भएको छ। कास्कीका स्थानीय तहमा संचालित विकास आयोजना तथा विभिन्न कार्यालय र स्थानिय तहका काम प्रभाबकारी बनाउन तथा जनता र सेवाग्राहीका गुनासा समयमा ब्यबस्थापन गर्न गुनासो डेस्क स्थापना गर्न लागिएको प्रमुख लिलाधर पौडेलले बताउनुभयो। कास्कीका बिकास आयोजनामा हुन सक्ने संभाबित कमिकमजोरीलाई न्यूनीकरण गर्दै गुणस्तर कायम गर्न छिट्टै सो डेस्क स्थापना गर्छौ ।

    No description available.

    सो डेस्क मार्फत कास्कीका सेवाग्राहीहरूले सेवा प्राप्त गर्दा भोग्नु परेका कठिनाइ र बिकास आयोजनाका राम्रा नराम्रा सबैखाले प्रतिक्रिया र सुझाव विभिन्न माध्यमबाट लिखित ,मौखिक र विद्युतीय रूपमा प्रदान गर्ने ब्यबस्था गर्नेछौं प्रमुख पौडेलले उल्लेख गर्नुभयो। पौडेलले सो कुरा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा आर्थिक बर्ष २०७९-८० को बार्षिक कार्यक्रमको समिक्षा तथा आर्थिक बर्ष २०८०-८१ को बार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयन तालिका सम्बन्धि तीन दिने समिक्षात्मक कार्यक्रमको उद्घाटन गर्दै बताउनुभएको हो। पौडेलले सुसासन बिना बिकास संभब नहुने र बिकास बिना समृद्धि संभब नभएको हुँदा देश र जनताको समृद्धिका खातिर हर तवरबाट सबै पक्ष लाग्नुको विकल्प नभएको उल्लेख गर्नुभयो। बिकासका लागि छुट्याइएको बजेट पूर्णरूपमा उपयोग होस। कहिँ कतै ढिलासुस्ती र अनियमितता भएको देख्न सुन्न नपर्ने गरि कास्कीका कार्यालय प्रमुख र राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधि सबैले समन्वयात्मक तवरले काम गरौं।

    No description available.

    प्रमुख पौडेलले उल्लेख गर्नुभयो। उहाँले चालु आर्थिक बर्षको कार्यसम्पादन योजना सहित अगाडी बढ्न क्यालेन्डर नै निर्माण गरि चरणबद्ध काम गर्न आग्रह गर्नुभयो। सो अबसरमा सोमबार रूपाताल संरक्षण एकीकृत बिकास परियोजना ,खानेपानी तथा ढल निकास आयोजना पोखरा ,खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जा ,संघीय आयोजना कार्यान्वयन इकाई ,स्थानीय पूर्बाधार बिकास आयोजना कार्यालय , सडक डिभिजन पोखरा ,पुष्पलाल मध्य पहाडी सडक आयोजना ,मुग्लिङ पोखरा सडक योजना पश्चिम खण्ड,पूल सेक्टर पोखरा र संघीय पूर्बाधार बिकास कार्यालय लगायतले बार्षिक समिक्षा सहित बजेट कार्यान्वयन तालिका प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नबराज बरालले जानकारी दिनुभयो।

    जि.स.स.कास्कीले बार्षिक कार्ययोजना निर्माण गरेर सोही मुताबिक आयोजना गरेको उक्त कार्यक्रम सोमबारदेखि शुरु भएर तिनदिन सम्म संचालन हुनेछ। प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत उप -प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गर्नुभएको सूचना अधिकारी झबिश्वर रेग्मीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.