• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, मङि्सर २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

विश्व आत्महत्या रोकथाम दिवस प्रभातफेरी तथा कोणसभा गरि मनाइयो

"सभागृहबाट निकालिएको प्रभातफेरी जिल्ला समन्वय समिति कास्कीको हलमा गएर कोण सभामा परिणत "

  •     अभियान हाम्रो/ सोमबार, भदौ २५, २०८०  

  • गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कोशिश नेपाल, ओरेक र टिपिओ नेपाल लगायतका संघ संस्थाहरूको सहकार्यमा आयोजित विश्व आत्महत्या रोकथाम दिवसमा ‘आशा जगाऔं जीवन बचाऔं’ भन्ने मूल नाराकासाथ पोखरामा २०८० भदौ २४ गते प्रभातफेरी कार्यक्रम गरि सुरु मनाइएको छ ।

    world sucide prevention day (2)

    सभागृहबाट निकालिएको प्रभातफेरी जिल्ला समन्वय समिति कास्कीको हलमा गएर कोण सभामा परिणत भएको थियो ।

    कोण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभाकी उपसभामुख बिनाकुमारी थापाले आत्महत्या समस्याको समाधान नभएको बताउनुभयो । उहाँले आत्महत्या अशिक्षा, निराशा, जनचेतनाको कमी तथा बेरोजगारीको कारण हुनेगरेको सुनाउनुभयो । आत्महत्या गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएकाले समुदायमा सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाई थियो । ‘हरेक व्यक्ति अप्ठ्याराेमा हुन सक्छ । त्यो अप्ठ्यारोलाई परिवार र नजिकका मान्छेले बुझ्नु आवश्यक छ,’ उपसभामुख थापा भन्नुभयो ।

    world sucide prevention day (5)

    कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख जमुना पौडेलले आत्महत्या घटना न्यूनीकरण गर्नका लागि आध्यात्मिक र अध्ययनशील हुन आवश्यक रहेको बताउनुभयो । जीवनमा दुखमा पनि खुसी हुन सके तथा मानसिक स्वास्थ्यमा ध्यान दिनसके आत्महत्याको रोकथाम गर्न सकिने उहाँको तर्क थियो ।

    वरिष्ठ मनोचिकित्सक प्राध्यापक डाक्टर जयबहादुर खत्रीले आफूँले आफैंलाई माया गर्न सिक्नुपर्ने र मानसिक स्वास्थ्यलाई गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो । उहाँले कुनै पनि व्यक्तिलाई मानसिक बिरामी भएको लक्षण देखिए तुरुन्त अस्पताल पुर्‍याउन पनि आग्रह गर्नुभयो ।

    world sucide prevention day (7)

    कार्यक्रमका सभाध्यक्ष निर्मल लामिछानेले दिनप्रतिदिन आत्महत्याका घटना बढ्दै गर्दा आउँदो दिनको अवस्था कस्तो हुने हो भन्दै चिन्त्ता व्यक्त गर्नुभयो । उहाँले आफू मनोचिकित्सक भएर काम गरेको लामो समय हुँदा प्रत्येक वर्ष आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएकाले त्यो डाटा हेर्न छाडेको बताउनुभयो । ‘डाटा हे¥यो डर लाग्छ अवस्था भयावह छ । तर, अवस्था सुधारनुपर्छ । आत्महत्या नै समस्याको समाधान होइन् भन्ने कुरा सबैलाई बुझाउनुपर्छ’   उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    ताजा अपडेट
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)
    • बिकास बिरोधिले रंगशालामा छरेको भ्रमको बीउ चुनाबमा फसल उठाउने नियत: s.p.regmi

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.