• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कोरिया स्थित क्षेत्रीय संस्था पर्वत समाजको चौथो अधिवेशन सम्पन्न

"कोरिया स्थित क्षेत्रीय संस्था पर्वत समाजको चौथो अधिवेशन सम्पन्न "

  •     अभियान हाम्रो/ सोमबार, भदौ २५, २०८०  

  • कोरिया स्थित क्षेत्रीय संस्था पर्वत समाजको चौथो अधिवेशन सम्पन्न भएको छ । सेप्टेम्बर १० मा सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा सम्पन्न उक्त अधिवेशनले दिपक केसीको नेतृत्व रहने गरी २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

    संस्थाकी महिला उपाध्यक्ष कमला केसीको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका कोषाध्यक्ष सरोज गुरुङको सहजीकरणसँगै सचिव जीवन पौडेलले प्रगति प्रतिवेदन र आर्थिक आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

    सो अधिवेशनमा प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, विशेष अतिथिहरु गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रविण गिरी, पर्वत समाज कोरियाका सल्लाहकार तथा NRNA-ICC सदस्य डा. रोशन पौडेल, नेपाली सम्पर्क समिति (NCC) का अध्यक्ष हरि खनाल र अतिथिहरुमा कोरियास्थित क्षेत्रीय, राजनैतिक, जातीय, धार्मिक लगायत विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेको सो अधिवेशनमा वक्ताहरुले पर्वत समाजको संस्थागत गतिविधिहरुको प्रशंसा गर्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    उद्घाटन सत्रपछिको बन्द सत्रमा संस्थाका सल्लाहकार डा. रोशन पौडेलको संयोजकत्वमा सदस्यहरु किरण अधिकारी र संगीता कार्की रहेको निर्वाचन मण्डलले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्दै नव गठित कार्यसमितिलाई शपथ ग्रहण गराएका थिए । पर्वत समाज दक्षिण कोरियाको चौथो अधिवेशनबाट अध्यक्षमा दिपक केसी, वरिष्ठ उपाध्यक्ष विमल खत्री, उपाध्यक्ष जीवन पौडेल, उपाध्यक्ष सरोज गुरुङ, महिला उपाध्यक्ष सृजना तिवारी, महासचिव कमला केसी, सचिव आशिष गुरुङ, सचिव मनोज भुसाल, कोषाध्यक्ष मेघनाथ पौडेल, सहकोषाध्यक्ष मिलन पुर्जा, सदस्यहरुमा विमल क्षेत्री, कमल भुसाल, प्रकाश बिक, अनिल पौडेल, जीवन पुरी, सुगम भुवाजी, दिपक पौडेल, विपना अधिकारी, कल्पना गौतम, हरि विवश लामिछाने र सरोज कार्की सर्वसम्मत चयन भएका छन् ।

    गण्डकी प्रदेश समाज दक्षिण कोरियाले अभिभावकत्व प्रदान गरिरहेको संस्था स्याङ्जा परिवारले यही सेप्टेम्बर २९ तारिक आयोजना गर्न गईरहेको “आँधीखोला सांगीतिक सौगात ६” को पोष्टर प्रचारप्रसार समेत जोडिएको अधिवेशनमा सरोज गुरुङको सहजीकरणसँगै कार्यक्रम सञ्चालन संस्थाका सचिव जीवन पौडेलले गरेका थिए ।

    “आजको आवश्यकता प्रवासी पर्वतेहरुको एकता, समुन्नत समाज, समृद्ध पर्वत निर्माणमा हाम्रो अभियान” भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको पर्वत समाज दक्षिण कोरियाको सो अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था उपस्थित आमन्त्रित अतिथिहरु, संस्था सम्बद्ध सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक, समस्त सदस्यहरु, कोरियास्थित विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधि लगायत सम्पूर्णलाई आयोजक पर्वत समाजले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.