• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

विश्व आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न

"“आशा जागाउ, जीवन बचाऔं” भन्ने मूल नाराका साथ जलेश्वरमा भदौ २४ गते विश्व आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न "

  •     अभियान हाम्रो/ सोमबार, भदौ २५, २०८०  

  • “आशा जागाउ, जीवन बचाऔं” भन्ने मूल नाराका साथ जलेश्वरमा भदौ २४ गते विश्व आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ ।

    स्वास्थ्य कार्यालय महोत्तरीको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, रतौली युवा क्लव, टिपिओ नेपाल, महिला सचेतना केन्द्र, महिला सचेतना समूह र महिला मानव अधिकार रक्षक संजालको समन्वय तथा सहकार्यमा विद्यार्थी, शिक्षक तथा अन्य सरोकारवालाहरूसँग जलेश्वरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी यो दिवस सम्पन्न भएको हो ।

    376833357_872730147553089_8766012191625705706_nजिल्ला समन्वय समितिको सभाहलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा महेन्द्र आदर्श माध्यमिक विद्यालय जलेश्वर, लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय जलेश्वर, सुकदेव माध्यमिक विद्यालय सुगा, जानकी परक्षण माध्यमिक विद्यालय प्रकौली र सरस्वती माध्यमिक विद्यालय मलिवाराका करिव ८० जना विद्यार्थी तथा शिक्षकहरू सहभागि थिए ।

    कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति, महोत्तरीका प्रमुख सुमन लाल कर्णले समाजमा आत्महत्याको घटना बढ्नुमा गरिवी, अशिक्षा र वेरोजगारी रहेको बताउनु भयो । आत्महत्याका घटना न्युनिकरणको लागि स्थानीय सरकारले ठोस नीति तथा कार्यक्रमहरू ल्याउन जरुरी रहेको उहाँले बताउनु भयो ।

    377896695_871994010439837_1314163405491724535_n

    कार्यक्रमका विशेष अतिथि इन्सेक मधेश प्रदेश संयोजक राजु पासमानले पारिवारिक तथा घरेलु हिंसा, आर्थिक समस्या, समाजमा व्याप्त हानिकारक प्रथा तथा सामाजिक हिंसा र दुर्व्यसनी लगायतका कारण आत्महत्याको घटना बढेर गएको बताउनु भयो ।

    मानसिक स्वास्थ्यमा समस्या आएपछि कुनै पनि व्यक्तिले आत्महत्या प्रयास गर्ने गरेको हुँदा सबै अस्पतालहरूमा मानसिक स्वास्थ्य उपचारका लागि सम्बन्धित डाक्टरहरू तथा स्थानीय तहका स्वास्थ्य चौकीमा समेत मनोविमर्शकर्ताको व्यवस्थापन गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

    376277850_872736557552448_477089844749714335_n

    स्वास्थय कार्यालय महोत्तरीका प्रमुख सुनिता गुप्ताले आत्महत्याको घटना जिल्लामा बढेको तथ्याङ्कले देखाएकोले यसको न्यूनिकरणका लागि हामी सबैको भूमिका आवश्यक रहेको बताउनु भयो ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धर्मराज मुडमरीले महोत्तरी जिल्लामा पछिल्लो तीन आर्थिक वर्षमा ३ सय ५४ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत तथ्याङ्क अनुसार आर्थिक वर्ष ७७/७८ मा ७९, आर्थिक वर्ष ७८/७९ मा १ सय ४० र आर्थिक वर्ष ७९/८० मा १ सय ३५ जनाले विभिन्न कारणले आत्महत्या गरेका छन् ।

    376800540_872730104219760_2034044500082953893_n

    १६ वर्षदेखि ३० वर्षका युवाहरू यस्ता घटना दोहराउँदै आएकोले अभिभावकले यसतर्फ ध्यान दिए बालबालिकाको भविष्य सकारात्मक कदमतर्फ अगाडि बढ्नेमा उहाँको भनाई थियो । यसैबिच कार्यक्रमको दोस्रो चरण अन्तर्गत जलेश्वर स्थित दुर्गा चोकमा मैनवत्ति प्रज्वलन गरेर आत्महत्या गरि मृत्यु वरण गरेकाहरु प्रति श्रद्धान्जली अर्पण गरिएको थियो ।
     

    इन्सेक मधेस प्रदेश कार्यालय जनकपुरधाम

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.