• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जिल्ला अदालतमा मुद्दा फैसला भएको लामो समय बितिसक्दा पनि कैदी पुर्जी नपाउँदा अन्यौलमा

"जिल्ला अदालतमा मुद्दा फैसला भएको लामो समय भइसक्दा पनि धादिङ कारागारका धैरै कैदीले हालसम्म कैदी पुर्जी नपाएपछि अन्यौलमा "

  •     अभियान हाम्रो/ सोमबार, भदौ २५, २०८०  

  • जिल्ला अदालतमा मुद्दा फैसला भएको लामो समय भइसक्दा पनि धादिङ कारागारका धैरै कैदीले हालसम्म कैदी पुर्जी नपाएपछि अन्यौलमा परेका छन् ।

    जिल्ला अदालतले मुद्दाको फैसला गरेपछि अपराधमा संलग्न कैदीलाई कैदको समय उल्लेख गरी कैदी पुर्जी दिनुपर्ने कानुनी प्रावधान भए पनि ४२ जना पुरुष कैदीले कैदी पुर्जी नपाएको गुनासो गर्दै वकिलहरू समक्ष जानकारी गराएको धादिङ वार एसोसिएशनका अध्यक्ष विश्वराज अधिकारीले इन्सेकलाई जानकारी दिनुभयो । जिल्ला अदालतले ०७८ माघ २३ गते दुई वर्ष ६ महिना कैद बस्ने गरी मुद्दा फैसला भएका लागु औषध मुद्दाका अर्जुन यादवले कैदी पुर्जी नपाएपछि आफू कहिले छुट्ने भन्ने अन्यौल भएकोले वकिलहरू समक्ष गुनासो गर्नुभएको छ । २०७७ सालमा फैसला भएका मुद्दाको समेत कैदी पुर्जी दिइएको छैन । कर्तव्य ज्यान मुद्दामा ०७७ चैत ५ गते मुद्दा फैसला भएका रणबहादुर थापाले समेत कैदी पुर्जी पाउनुभएको छैन ।

    वार एसोसिएशनलाई दिइएको जानकारी अनुसार २०७७ सालमा चार जना, ०७८ मा फैसला भएका ११ जना, ०७९ मा फैसला भएका १८ जनासहित ४२ जनाको कैदी पुर्जी नपाएकोले मुद्दा अन्यौल रहेको छ । फैसला भएको मुद्दाको पूर्णपाठ आएपछि कैदी पुर्जी दिने गरिएकोमा अहिले भने धेरै मुद्दामा कैद गरिएकाहरूको कैदी पर्जीबाट वञ्चित भएका छन् । बलात्कार मुद्दाका १३ जना, कर्तव्य ज्यान मुद्दाका आठ जना गरी ४२ जनाले कैदी पुर्जी उपलब्ध गराउन जिल्ला अदालतमा कैदीहरूले माग गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।

    धेरै समय भइसक्दा पनि कैदी पुर्जी उपलब्ध नगराएको सम्बन्धमा जिल्ला अदालतका श्रेस्तेदार भण्डारीले आफू भर्खर आए पनि कैदी पुर्जीसम्बन्धी सूचना जानकारी आएको र केहीको काम समेत भएको बताउनु भयो । कर्मचारी कम हुँदा समयमै फैसला तयार नहुने समस्याका कारण कैदी पुर्जीमा समस्या आएको देखिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.