• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कानुन कार्यान्वयनको प्रभावकारितामा जोड दिनुपर्छः सभामुख धिताल

"गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभाबाट पारित भएका केही कानुनको प्रभावकारी रुपमा कार्यान्वयन नभएको बताउनुभएको छ । "

  •     अभियान हाम्रो/ आइतबार, भदौ २४, २०८०  

  • गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभाबाट पारित भएका केही कानुनको प्रभावकारी रुपमा कार्यान्वयन नभएको बताउनुभएको छ । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (CEDAW) कार्यान्वयनमा प्रदेश सभा तथा सरकारको भूमिका  विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेकं) र साथी संस्थाको सहकार्यमा भदौ २२ गते पोखरामा आयोजना गरेको परामर्श बैठकमा बोल्दै सभामुख धितालले आगामी कार्यकालमा बनेका कानुनलाई कार्यान्वयन र थप प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने बताउनुभयो । ‘कतै हामी गम्भीर भएनौं कि भन्ने पनि लागेको छ । अब आगामी दिनमा विभेद रहित समाज स्थापना गर्न प्रदेश सभाले कस्ता कानुन बनाउँदा राम्रो हुन्छ सभामुखको हैसियतले मेरो भूमिका हुन्छ,’ सभामुख धितालले बताउनुभयो ।

    sid (5)

    संविधानमा रहेका नागरिकतासम्बन्धी विभेदकारी व्यवस्थाहरुलाई प्रदेश सरकारले नियम बनाएर काम गर्ने कुरामा आफूले ध्यानाकर्षण गराउने उहाँको भनाई थियो । ‘महिला, पिछडिएको वर्ग, अल्पसंख्यक, मुस्लिम महिलाहरु, दलित महिलाहरुका साथै अपांगता भएका महिलाहरुका अधिकार र सेवा सुविधा दिने कुरामा प्रदेश सभा केन्द्रीत हुन्छ,’ उहाँले भन्नुभयो ।कार्यक्रममा उपसभामुख बिनाकुमारी थापाले सिडमा उल्लेख गरिएका महिला विरुद्ध हुने सबै प्रकारका भेदभावलाई  उन्मुलन गर्न र यसलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्ने बताउनुभयो । नेपालले सिडमा हस्ताक्षर गरेपनि यहाँ समावेश गरेका एक चौथाई सुझाव पनि कार्यान्वयन गर्न नसकेको कार्यक्रममा चर्चा भएको थियो ।

    sid (3)

    सिड कमिटी सदस्य बन्दना राणाले सिडसम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले संविधानमा रहेका नागरिकतासम्बन्धी विभेदकारी व्यवस्थाहरु, सम्बन्ध विच्छेद पछिको वैवाहिक सम्पत्तिको बाँडफाँड र रोजगारीमा पहुँचजस्ता क्षेत्रमा रहेका विभेदकारी व्यवस्थाहरु, यौनजन्य हिंसाका मुद्दाको दर्तामा रहेको हदम्यादको व्यवस्था खारेज गर्नेलगायत महिलासित प्रत्यक्ष सरोकार राख्ने विभेदकारी नीतिहरु खारेजमा दिइएको मुख्य सुझावहरु नै कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले गण्डकी प्रदेशले अत्यावश्यक कानुन बनाउन नसक्दा भेदभाव उन्मूलनका अवस्था जस्ताको त्यस्तै रहेको बताउनुभयो ।

    ‘संघीयता कार्यान्वयको दोस्रो कार्यकालसम्म आइपुग्दा महिलाका अधिकार स्थापित गर्ने पक्षमा एउटा पनि कानुन बनेको छैन् । महिलाको हक स्थापितसम्बन्धी कानुन बनाउन नसक्दा कतै प्रदेश सभा चुकेको हो कि भन्ने पनि लागेको छ,’ उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारकी पूर्व अर्थमन्त्री सिता सुन्दासले धेरै कानुन बनेको तर, यसको परिणाम नआएको बताउनुभयो । ‘महिलाका पक्षमा त कानुन नै बनेको छैन् । बनेका कतिपय कानुन पनि सबै प्रदेश बासीलाई थाहा नभएको अवस्था छ । थोरै मान्छेले मात्र अनुभूति गरेका छन् जस्तो लाग्छ,’ सुन्दासले भन्नुभयो, महिनामारी बार्नुहुँदैन भन्ने मान्छेलाई लागेको छ । तर, छाउगोठ भत्काउने कुरामा ध्यान गएको छैन् । अर्थात् कार्यान्वयन अति कमजोर छ’ उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.