• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन २३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अख्तियारको अनुगमन टोलीमाथि स्थानीय युवाबाट कुटपिट


  •    संवाददाता/ आइतबार, भदौ २४, २०८०  

  • अख्तियारको अनुगमन टोलीमाथि स्थानीय युवाबाट कुटपिट भएकाे घटना जाजरकाेटमा सार्वजनिक भएकाे छ । भेरी नपा–५ मा निर्माण भइरहेको वडा कार्यालयको भवन निर्माणमा अनियमितता भएको विषयमा अनुगमन गर्न पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतको टोलीमाथि भदौ २२ गते स्थानीय युवाहरूले कुटपिट गरेका छन ।

    वडा कार्यालयको भवन निरीक्षण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पाँच जनाको टोली आएको थियो ।

    जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डिएसपी सन्तोष रोकाका अनुसार स्थानीय युवाको कुटपिटबाट सुर्खेत जिल्ला वीरेन्द्रनगर नपा–११ निवासी अख्तियार कार्यालयमा कार्यरत चालक मानबहादुर ठाडा मगर घाइते भएका छन ।

    स्थानीय युवाहरूले चालक मगरलाई मुक्काले हानी घाइते बनाएको डिएसपी रोकाले जानकारी दिनुभयो । घाइतेको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटमा उपचार भइरहेको छ ।

    घटनामा संलग्न सोही वडाका २४ वर्षीय वीरेन्द्र चन्द, किरण शाही र चक्र बहादुर मल्ललाई प्रहरीले भदौ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार भएका चन्द वडाअध्यक्षको भाई हुन भने अन्य स्थानीय युवा रहेको प्रहरीले जनाएको छ ।

    भवन निर्माणमा अनियमितता भएको विषयमा अख्तियारको टोली निरीक्षण गर्न पुगेको थियो आवश्यक कागजातको अध्ययन गरिरहेका बेला आक्रमण भएको डिएसपी रोकाले बताउनु भएको छ ।

    घटनामा संलग्नलाई प्रहरीले गिरफ्तार गरेको जानकारी आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतका प्रमुख शिवनाथ पौडेलले बताउनुभयो । उहाँका अनुसार जाजरकोटका धेरै योजनाहरू रहेकाले अनुगमनमा गएको टोलीमाथि आक्रमण भएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.