• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जिल्ला कारागार खाँदवारीमा दुई जना कैदीबन्दीको कुटपिटबाट मृत्यु

"जिल्ला कारागार खाँदवारीमा साउन २४ गते दुई जना कैदीबन्दीको कुटपिटबाट मृत्यु घटनाका १५ जना आरोपितविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता "

  •     अभियान हाम्रो/ शुक्रबार, भदौ २२, २०८०  

  • जिल्ला कारागार खाँदवारीमा साउन २४ गते दुई जना कैदीबन्दीको कुटपिटबाट मृत्यु घटनाका १५ जना आरोपितविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका वकिल सन्तोषप्रसाद भण्डारीले भदौ २२ गते कैदीको मृत्यु घटनामा संलग्न भएका १५ जनाविरूद्ध अदालतमा मुद्दा दर्ता गराउनु भएको हो । सङ्खुवासभाको मादी नगरपालिका-५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको कारागारका सुरक्षाकर्मी र केही कैदीबन्दीको यातनाबाट मृत्यु भएको घटनामा १५ जनाविरूद्ध अदालतमा मुद्दा दर्ता गरिएको सरकारी वकिल भण्डारीले बताउनु भयो ।

    कैदीको यातनापछि मृत्यु घटनामा मोरङको कटहरी गाउँपालिका-१ महेशपुर स्थायी घरभइ जिल्ला कारागार खाँदवारीमा कार्यरत असइ लक्ष्मी चौधरी, इलामको इलाम नगरपालिका-११ स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २४ वर्षीय सुमन गुरुङ, उदयपुरको त्रियुगा नगरपालिका-१४ बाङ्गे स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २४ वर्षीय दमनसिंह राई, खोटाङको खोटेहाङ्ग गाउँपालिका-८ कात्तिके स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, खोटाङको जन्तेढुङ्गा गाउँपालिका-३ स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २३ वर्षीय प्रहरी जवान मनिष राई, सुनसरीको कोशी गाउँपालिका-५ श्रीपुर स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २४ वर्षीय प्रहरी जवान पवनकुमार महतो र उदयपुरको लिम्चुङबुङ्ग गाउँपालिका-४ बलाम्ता स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २३ वर्षीय नुशन राईविरूद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको छ ।

    कैदीको मृत्यु घटनामा कारागारमा कैद भुक्तान गरिरहेका आठ जनाविरूद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको छ । खाँदवारी नगरपालिका-२ चेवा स्थायी घर भइ जिल्ला कारागारका बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २८ वर्षीय रामबहादुर कार्की भनिने राम कार्की, खाँदवारी नगरपालिका-९ गैरीगाउँ स्थायी घर भइ जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २६ वर्षीय अनिश शर्मा कट्टेल, भोजपुरको भोजपुर नगरपालिका-१० भैँसीपङ्खा स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २८ वर्षीय सचिन्द्र भनिने सचिन राई, मकालु गाउँपालिका-५ सोलाखानी स्थायी घर भइ जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २३ वर्षीय विक्रम भनिने सुमन सारू मगर, चैनपुर नगरपालिका-३ स्थायी घर भइ जिल्ला कारागारमा डाँकाचोरी कसुरमा कैद भुक्तान गरिरहेका २९ वर्षीय टिकाराम भनिने टिकाराज चौहान, चिचिला गाउँपालिका-४ खारमेली स्थायी घर भइ जिल्ला कारागारमा कर्तव्य ज्यान कसुरमा कैद भुक्तान गरिरहेका ४० वर्षीय नवीनकुमार राई, खाँदवारी नगरपालिका-६ तल्लो पाङ्गठा स्थायी घर भइ जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका ४१ वर्षीय इन्द्रध्वज घिमिरे र मादी नगरपालिका-५ वेतिनी स्थायी घर भइ जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २१ वर्षीय मीन तामाङ भनिने मीनबहादुर तामाङविरूद्ध मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

    मुलुकी अपराध संहिता, २०७४ को दफा १८६ बमोजिम क्षतिपूर्ति, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति मागसहित मुद्दा दर्ता गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका वकिल सन्तोषप्रसाद भण्डारीले इन्सेक प्रतिनिधिसँग बताउनु भयो । जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको भदौ २२ गतेको आदेशले प्रहरीको हिरासतमा रहेका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव, कार्यालय सहयोगी ढकलाल कार्की, प्रहरी जवान अमृतबहादुर कार्की, मुकेश विक र मनोज सोङ्मी सरकारी साक्षीको रूपमा अदालतमा पेश हुने गरी रिहा भएका छन् ।

    अदालतको सोही आदेशले जिल्ला कारागार खाँदवारीका जेलर राजेन्द्र घिमिरे रिहा भएका छन् । कैदीको मृत्यु घटनामा इन्सेकले ०८० साउन २६ गतेदेखि साउन २८ गतेसम्म स्थलगत अनुगमन गरी यातनाका कारण दुई जना कैदीको मृत्यु भएको प्रतिवेदन साउन ३२ गते सार्वजनिक गरेको थियो ।

    Photo 202308809 Sangkhuwasabha (1)

    Photo 202308809 Sangkhuwasabha (2)

    Photo 202308809 Sangkhuwasabha (3)

    Photo 202308809 Sangkhuwasabha (4)

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.