अजय क्षेत्री
बुधबार दिउँसो भृकुटी मण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा सहभागी हुनुभएका नेपाली काँग्रेसका केन्द्रीय सह-महामन्त्री तथा नेपाल तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष नेपाल सरकारका पुर्व मन्त्री आदरणीय नेता महेन्द्र यादवज्युमाथि धारिलो खुकुरी प्रहार गरि सांघातिक हमला भएको थियो र उक्त घटनाप्रति नेपाल विधार्थी संघ पोखरा महानगरपालिका कार्यसमितिको गम्भिर ध्यानाकर्षण भएको छ ।
खुकुरी प्रहारबाट घाइते हुनुभएका आदरणीय नेता महेन्द्र यादवज्युको वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सार्वजनिक स्थलमा दिउँसै आदरणीय नेता महेन्द्र ज्युमाथि आक्रमण हुनु र पुर्व मन्त्री जस्ता ब्यक्तित्वको ज्यानको सुरक्षा दिन नसक्ने गृह-मन्त्रीज्युले देशको शान्ति सुरक्षा र नेपाली जनताको ज्यानको सुरक्षा गर्ने कुरामा ने.वि. संघलाई अब कुनै विश्वास नरहेको ने.वि संघ पोखरा महानगरपालिका कार्यसमितिका सभापति विपिन पौडेलले जनाएका छन् ।
देशको शान्ति सुरक्षा र जनताको ज्यानको सुरक्षा गर्न नसक्ने माननीय गृह-मन्त्रीज्युको कुनै औचित्य नरहेको हुँदा नेपाल विधार्थी संघ पोखरा महानगरपालिका कार्यसमितिद्वारा जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत माननीय गृह-मन्त्रीज्युको राजिनामा माग गरेको सभापति विपिन पौडेलले बताएका छन् । उक्त कार्यक्रममा महानगर सभापति सहित ने.वि. संघ कास्की क्षेत्र नं २ का सभापति अमन के.सी. , महानगर कार्यसमितिका सह-सचिव अदित भुजेल, सदस्य सविन पौडेल, सुवर्ण के.सी. र आयुष थापाको सहभागिता रहेको थियो।