• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मन्दिरमा पुजा गर्न गएका दलित समुदायमाथि विभेद गरेको आराेपमा पुजारी विरुद्ध उजुरी

"जिल्ला सदरमुकाम मार्तडीस्थित बडीमालिका मन्दिरमा  भदौ २० गते पुजा गर्न गएका दलित समुदायमाथि जातीय विभेद गरेको भन्दै मन्दिरका पुजारी दलबहादुर रावल विरुद्ध पीडित पक्षले भदौ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी "

  •     अभियान हाम्रो/ शुक्रबार, भदौ २२, २०८०  

  • जिल्ला सदरमुकाम मार्तडीस्थित बडीमालिका मन्दिरमा  भदौ २० गते पुजा गर्न गएका दलित समुदायमाथि जातीय विभेद गरेको भन्दै मन्दिरका पुजारी दलबहादुर रावल विरुद्ध पीडित पक्षले भदौ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।

    श्रीकृष्ण जन्मअष्टमीको दिन बडीमालिका मन्दिरमा सुरु भएको पुजामा सहभागि हुन गएका दलित समुदायका युवतीको हातको पुजा समाग्री सहितको थाली मन्दिरका पुजारी रावलले बाहिर फालिदिएर टिका लगाउन अस्वीकार गरेको पीडित युवती संगिता विकको आरोप छ । मन्दिरमा पुजा गर्न गएको अवस्थामा बडीमालिका नगरपालिका–८ की संगीता विक, सोनु विक, शान्ति विक, वर्षा विक, सावित्रा विक, विपना विक लगायतको टोली बडीमालिका मन्दिरमा पुजा गर्न गएको अवस्थामा पुजारीले जातीय विभदे गरेको पीडित झरना विकले बताउनु भयो ।

    उहाँले भन्नु भयो– ‘सँगैरहेका अरुलाई केही नभनी पुजारीले टिका लगाइ दिनु भयो । आफूहरुलाई चामलका दानाले हिर्काउँदै तिमीहरु किन आएको ? यो तिमीहरुको हक नलाग्ने ठाउँ हो । गइहाल भन्दै सार्वजनिक रुपमा अपमान र विभेद गर्नु भयो । हाम्रो टोली मन्दिरको गेट पुग्ने बेला हातको पुजाथाली बाहिर फालिदिनु भयो ।’ कृष्ण जन्मअष्टमीको दिन मन्दिरमा पुजा गर्ने भनेर विहान ८ बजे मन्दिर पुगेर विहान ९ बजेसम्म दर्शन गर्नका लागि लाइनमा बसेको भए पनि तल्लोजातका मान्छे भनेर पुजारीले बाहिर जान भनेपछि मुल मन्दिरको टिका ग्रहण गर्न नपाएर घर फर्किनु परेको पीडित संगीता विकले गुनासो गर्नु भयो ।

    आफ्नो जात थहाँ पाउनु पर्ने हो । यहाँ आउनै नहुने हो । किन आएको ? अहिले नै गइहाल भन्दै विभेद गरेपछि आफूहरु केही नभनि फर्किएको पीडित युवतीहरुको भनाइ छ । बडीमालिका मन्दिरमा यहाँका दलित समुदायले पटकपटक विभेद सहनु परेको छ । केही महिना अगाडि मात्रै ब्राह्मणले मन्दिरको ढोका नै बन्द गरी गएपछि एक जोडीले विवाह समेत गर्न नपाएको उजुरी जिल्ला प्रशासनमा परेको थियो ।

    मन्दिर प्रवेशको प्रयास गरेको भन्दै पुजारीपक्षीय स्थानीयले ११ वर्ष पहिले पनि आफूलगायत चार जनामाथि निर्धात रुपमा कुटपिट गरेको र अहिले पनि कुटपिट हुने डरका कारण मन्दिर परिसर भित्र प्रतिवाद नगरी घर फर्किएको संगिता विकले बताउनु भयो । मन्दिरमा कुनै प्रकारको विभेद नगर्ने र सबैलाई सहज पुजापाठको अवसर दिने मन्दिर व्यवस्थापन समितिले निर्णय गरेको भए पनि यस प्रकारका घटना सुन्नमा आउनु दुःखद भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष करे रावलले बताउनु भयो ।

    बडीमालिका नगरपालिका ८ का वडा सदस्य तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रावलले पुजारीले जातीय विभदे हुने व्यवहार गर्नु भएको भए पीडित पक्षको माग अनुसार कानुनी प्रक्रियामा सहयोग गर्ने बाताउनु भयो । बडीमालिका नगरपालिका प्रमुख अमर खड्काले मन्दिरमा विभेद गरिएको घटना साँचो भए कानुनी प्रक्रिया अघि बढाउनु पर्ने र बडीमालिका मन्दिरमा एकपछि अर्को विभेदका घटना हुनु दुःखद विषयभएको बताउनु भयो ।

    पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपित पुजारीलाई गिरफ्तार गर्न प्रहरी टोली पठाएको भए पनि पुजारी कामको शिलसिलामा लेक जानुभएको भन्ने सूचना प्राप्त भएको पुजरीलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन जानकारी पठाइएको जिल्ला प्रहरी कायालयका डिएसपी कविन्द्र बोहराले बताउनु भयो ।  पीडित पक्षले दिएको उजुरीका आधारमा घटनाको अनुसन्धान पनि भइरहेका उहाँले बताउनु भयो ।

    जातीय तथा अन्य छुवाछूत र भेदभाव ( कसूर र सजाय) ऐन,२०६८ अनुसार कसैले कुनै पनि व्यक्तिलाई जात, जाती, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै धार्मिक कार्य गर्नबाट वञ्चित गरेको खण्डमा तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजार रुपियाँदेखि २ लाख रुपियाँसम्म जरिबानाको व्यवस्था गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.