• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मायादेवीको कसम, लुम्बिनीमा दिन आएको छु- डा. ल्हारक्याल लामा


  •    संवाददाता/ शुक्रबार, भदौ २२, २०८०  

  • लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी बनाउन आफू आएको भन्दै सहयोग गर्न सबैसँग आग्रह गर्नु भएको छ । उहाँले लुम्बिनी आफ्नो धार्मिक आस्थाको धरोहर भएको भन्दै स्थानीय, बुद्धिजीवी, पत्रकार र अन्य विभिन्न संघ संस्थालाई समेत साथ र सहयोग गर्न अपिल गर्नु भएको छ ।

    लुम्बिनीमा रूपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारहरूसँग विहीबार परिचयात्मक तथा भेटघाट कार्यक्रम गर्दै उहाँले त्यस्तो बताउनु भएको हो ।

    “मेरो धार्मिक आस्थाको ठाउँ हो लुम्बिनी, इतिहास बनाउन सकौँ भनेर आएको छु” उपाध्यक्ष डा. लामाले भन्नुभयो –“मायादेवीको कसम खाएर भनेको छु, लुम्बिनीमा लिन होइन दिन आएको छु ।”

    सो अवसरमा उपाध्यक्ष लामाले लुम्बिनी गुरुयोजना आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले आफ्नो कार्यकालमा गुरुयोजना सम्पन्न गर्ने र मायादेवी मन्दिर निर्माण गर्ने उद्देश्य रहेको बताउनुभयो । मायादेवी नयाँ डिजाइन र आकर्षक बनाउनुपर्ने उहाँको भनाइ छ ।

    गुरुयोजनाको बाँकी काम, बुद्ध सर्किट निर्माण, रामग्राम, तिलौराकोट र देवदहको पुरातात्विक क्षेत्रको संरक्षण र विकासका लागि काम गर्ने गरी आफू आएकाले सहयोग गर्न पत्रकारहरूसँग उपाध्यक्ष डा. लामाले आग्रह गर्नुभयो ।

    “म लुम्बिनी बनाउन लड्छु, जुध्छु, भिड्छु तर, नैतिकता गुमाउँदिनँ” उहाँले भन्नुभयो । उहाँले लुम्बिनी गुरुयोजनाका सम्बन्धमा र कोषको कामका बारेमा विभिन्न प्रश्न र गुनासाहरू उठेको बताउँदै त्यसलाई सम्बोधन गर्ने गरी अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

    संविधानसभा सदस्य तथा पूर्व अर्थराज्यमन्त्री समेत रहेका डा. लामाले आफ्नो क्षमतालाई लुम्बिनी बनाउन खर्चिने बताउनुभयो । उहाँले आफूले जीवन नै बुद्ध धर्मका लागि अर्पण गरेको बताउँदै बाँकी रहेको जीवन सत्कर्ममा लगाउने गरी काम गरेर देखाउन आफू लुम्बिनीको उपाध्यक्ष बनेको बताउनुभयो ।

    विश्वका विभिन्न मुलुकबाट लुम्बिनी आउन चाहनेहरूलाई अनुकूल वातावरण बनाउने भन्दै उहाँले लुम्बिनीमा बौद्ध धर्म गुरुहरूको मोलुम ( पूजा ) जस्ता धार्मिक गतिविधि बढाएर बौद्ध पर्यटकहरूलाई आकर्षित गर्ने योजना रहेको सुनाउनुभयो ।

    “यो वर्ष मोलुम (पूजा) कार्यक्रमहरू तय भइसकेको छ” उपाध्यक्ष लामाले भन्नुभयो । उहाँले रामग्राम र तिलौराकोटमा पनि पूजा, ध्यान र बत्ती बाल्ने ठाउँ तुरुन्तै निर्माण गर्ने भन्दै धार्मिक कार्यक्रमलाई लुम्बिनीमा बढाउने गरी योजना बनाइएको समेत उहाँले बताउनुभयो । उहाँले धार्मिक गतिविधिसँगै पर्यटकहरूको बसाइ लम्बिने विश्वास गर्नुभयो ।

    उपाध्यक्ष लामाले रूपन्देही, कपिलवस्तु र नवलपरासीमा रहेका बौद्ध क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “बौद्ध क्षेत्रको विकासका लागि आवश्यक रकम जुटाउन विश्व समुदायमा पुग्छु ।”

    “अब ६-७ अर्बको रकम जुटाएर गुरुयोजना सकाउनु छ, अहिले देशको बजेटमा नि समस्या छ” उपाध्यक्ष लामाले भन्नुभयो– “म बुद्ध धर्मको विश्व समुदायसँगै जोडिएको छु केही समयमा त्यो फोरममा म जानेछु र स्रोत जुटाउने कोसिस गर्ने छु ।”

    उपाध्यक्ष लामाले कोषलाई सबै पक्षमा पारदर्शी बनाउने प्रमुख उद्देश्य रहेको बताउँदै त्यसमा साथ दिन पत्रकारलाई अनुरोध गर्नुभयो । लुम्बिनीको जमिन, स्रोत, कर्मचारी, स्थानीय सहयोग सबै पारदर्शी बनाउने भन्दै उहाँले आफू कमाउन नभई लुम्बिनी बनाउन आएकाले सबैको साथ र सहयोगका लागि आग्रह गर्नुभयो ।

    उपाध्यक्ष लामाले गुरुयोजनामा केही परिमार्जन गर्नुपर्ने अवस्था देखिएको बताउँदै त्यसका लागि युनेस्को, विभागीय मन्त्रालय र सरोकारवाला निकायसँग परामर्श गरिने बताउनुभयो । “४५ वर्ष अघि केन्जो टाँगेले बनाएको योजना हो, अहिले धेरै अवस्था फेरिएको छ, त्यसका कारण पनि परिमार्जन जरुरी छ”, उहाँले भन्नुभयो ।

    उहाँले बुद्ध जन्मस्थल लुम्बिनी वरिपरिका स्थानीयलाई अपनत्व बनाउने गरी काम गर्ने समेत बताउनुभयो । उहाँले त्यसका लागि प्रत्येक महिना स्थानीय समुदाय, संघ/संस्था, पत्रकारहरूको संस्था समेतको उपस्थितिमा छलफल गर्ने बताउनुभयो । उहाँले लुम्बिनी विकास कोषले रामग्राम, तिलौराकोट र देवदहलाई बढि केन्द्रित गरी योजना बनाएर काम गर्ने समेत बताउनुभयो ।

    उहाँले जिम्मेवारी सम्हाल्ने बितिक्कै रामग्राम र त्यसपछि तिलौराकोट पुगेको भन्दै बुद्ध जन्मस्थल मात्रै केन्द्रित नहुने बताउनुभयो । उहाँले बोर्ड सदस्यहरूलाई पनि जिम्मेवारी प्रदान गरेर सामूहिक रुपमा अघि बढ्ने योजना रहेको बताउनुभयो ।
    उपाध्यक्ष लामाले सबैको साझा सहयोगले मायादेवी मन्दिर, बौद्व सर्किट बनाउने गरि अगाडि बढ्ने बताउनुभयो । उहाँले कर्मचारीहरूले

    लुम्बिनी बनाउनका लागि धेरै काम गरेको भन्दै केही कमजोरीलाई सुधार गर्दै जाने र कार्यालयमा कुर्ची खाली नराख्न निर्देशन दिइसकेको समेत बताउनुभयो ।

    उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले नवनियुक्त उपाध्यक्षलाई लुम्बिनी बनाउने सन्दर्भमा सिंगो टिमको साथ सहयोग रहने बताउनुभयो । उहाँले लुम्बिनी विकास कोषले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम दुईजना उपाध्यक्षको भिजन अनुसार आएको बताउनुभयो ।

    १७ वर्षमा पूरा गर्ने लक्ष्यसहित बनेको लुम्बिनी गुरुयोजना ४५ वर्षमा पनि पूरा हुन सकेको छैन । सन् १९७८ मा विश्वकै प्रख्यात जापानका वास्तुविद् प्रोफेसर केञ्जो टांगे नेतृत्वको टिमले ६ वर्ष लगाएर लुम्बिनी गुरुयोजना तयार पारेको थियो । गुरुयोजना बन्दा सन् १९९५ मै सम्पन्न गर्ने लक्ष्य थियो ।

    तर, हालसम्म गुरुयोजनाको कति प्रतिशत काम पूरा भयो भन्ने यकिन छैन । लुम्बिनी विकास कोषका अधिकारीहरूले कहिले ८० प्रतिशत, कहिले ८५ प्रतिशत त कहिले ७५ प्रतिशत काम पूरा भएको फरकफरक अभिव्यक्ति दिन्छन् । गुरुयोजना बनेपनि सरकारको प्राथमिकतामा नपर्दा र पर्याप्त बजेट विनियोजन नहुँदा झण्डै २५ वर्षसम्म गुरुयोजनाको काम कछुवाको गतिमा अघि बढेको लुम्बिनी विकास कोषको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.