• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख ३१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अस्पतालमा दरवन्दी अनुसार डाक्टर नहुँदा बिरामीहरू उपचारको लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता

"अस्पतालमा दरवन्दी अनुसार डाक्टर नहुँदा बिरामीहरू उपचारबाट वञ्चित हुने गरेका छन् भने उपचारको लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता "

  •     अभियान हाम्रो/ बिहिबार, भदौ २१, २०८०  

  • अस्पतालमा दरवन्दी अनुसार डाक्टर नहुँदा बिरामीहरू उपचारबाट वञ्चित हुने गरेका छन् भने उपचारको लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको छ ।

    रोल्पा अस्पतालमा  ११ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको भए पनि  एकजना पनि विशेषज्ञ डाक्टर छैनन् । लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पामा रहेको सरकारी अस्पताल ५० शैयाको हो । यहाँ ११ औँ तहको मेडिकल सुपरिटेण्डेन्ट सहित ११ जना विषेशज्ञ डाक्टरको दरबन्दी छ । तर उपचार गराउन जिल्ला अस्पताल पुग्ने बिरामीले समयमा उपचार पाउँदैनन् । जसकारण यहाँका बिरामीहरु सामान्य उपचारकालागि दाङ, बुटवल, नेपालगञ्ज र काठमाडौँसम्म धाउनुपर्ने बाध्यता रहेको  बिरामीहरूकाे गुनासो रहेको छ ।

    २०६१ मा १५ शैयाबाट सुरू भएको रोल्पा अस्पताललाई २०७७ देखि ५० शैयाको बनाइएको हो ।  अस्पातालमा हरेक दिन १ सयदेखि २ सय ५० जना भन्दा बढी बिरामी उपचारकालागि आउँछन् । तर अस्पताल निमित्त मेडिकल अधिकृतकै भरमा चलेको छ । अस्पतालमा कार्यरत चार जना डाक्टर मध्ये कसैको करार अवधि सकिएको र कोही राजिनामा दिएर गएपछि समस्या भएको हाे ।  दरबन्दी अनुसार डाक्टर नहुँदा जटिल अवस्थाका प्रसूती र शल्यक्रिया सेवा समेत बन्द भएका छन्  ।

    हाल आँखा पाक्ने रोगको सङ्क्रमण देशभर प्रकोपकोरुपमा फैलिरहेको छ । यस्तै रोल्पामा पनि आँखासम्बन्धी रोगको सङ्क्रमण ब्यापक मात्रामा फैलिरहेको छ । चिकित्सकहरूका अनुसार पछिल्लो समय अस्पतालमा आँखासम्बन्धित समस्या लिएर आउनेको संख्या बढेको छ । आँखा पाक्ने रोग समुदाय स्तरसम्मै फैलिएको छ तर  जिल्ला अस्पतालमा आँखा तथा दाँत लगायत अन्य विशेषज्ञ चिकित्सक समेत नहुँदा बिरामीहरु मर्कामा पर्ने गरेका छन् ।

    आँखा उपचारको निम्ती नीजि मेडिकलहरूबाट औषधि लिएर प्रयोग गर्न परेको स्थानीय कुशल पुन मगरले बताउनु भयो । मगरले आँखामा समस्या आएपछि आफूले उपचारको निम्ती दाङ जानुपरेको बताउनु भयो । जिल्ला अस्पतालमा ११ जना  विशेषज्ञ चिकित्सकको  भएपनि अहिले जिल्लामा विशेषज्ञ डाक्टर नभएको अस्पतालमा कार्यरत डा. लोकरत्ना ज्ञवालीले भन्नु भयो । अस्पतालमा जति डाक्टरहरूको दरवन्दी हो, त्यो दरबन्दी अनुसारको डाक्टरहरूको पदपूर्ति कहिले पनि नभएको ज्ञवालीको भनाइँ छ ।

    सरकारले एक स्थानीय तह एक एमबिबिएस डाक्टरसहितको सुविधा सम्पन्न अस्पताल भनेर २०७७ मा देशका ७ सय ५३ वटा स्थानीय तह मध्ये ३ सय ९६ वटा स्थानीय तहमा एकैदिन शिलान्यास गर्‍यो । २०७८ मा पुनः २ सय ७९ वटा अस्पताल बनाउने घोषणा भयो । अस्पताल नभएको ६ सय ५५ स्थानीय तहमा  ५ देखि १५ शैयासम्मका आधारभुत अस्पताल निर्माण गर्ने भनिए पनि अहिले सम्म धेरैजसो स्थानीय तहमा काम समेत पुरा भएको छैन् ।

    उक्त अस्पतालहरु निर्माण गर्ने भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा वलीले देशैभरी एकैपटक डिजिटलरुपमा शिलान्यास गर्नभएको थियो । “गाउँसम्म स्वास्थ्य सेवाको पहुँच कागजमा छ,तर अस्पतालमा छैन । अस्पतालमा डाक्टर हुँदैनन् र बिरामीले उपचार पाउँदैनन् ।, ” स्थानीय कुशल पुनले भन्नु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.