२१ भाद्र २०८०।
धादिङको गल्छि ६ महेशदोभानमा बुधबार अम्लेश्वर गुरुकुल सँस्कृत वेद विद्याश्रमको भवन उद्घाटन गरिएको छ । बुधबार कार्यक्रमका प्रमुख अतिथी तथा सँघिय साँसद राजेन्द्र प्रसाद पाण्डेले अम्लेश्वर गुरुकुल सँस्कृत वेद विद्याश्रमको भवन नवनिर्मित पक्की भवनको उद्घाटन गर्नु भएको हो ।
भवन समुद्घाटन कार्यक्रममा प्रदेश साँसद मदुकुमार श्रेष्ठको विशेष आतित्थ्यता रहेको थियो । यस्तै गल्छि गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, उपाध्यक्ष भाईकाजी तिवारी, गाउँपालिकाको पुर्व अध्यक्ष कृष्णहरी श्रेष्ठ, नेपाल महर्षी फाउण्डेशन फर वैदिक कल्चरका सिद्धि शिक्षक अभिमन्यु नेपाल तथा ध्यान शिक्षक रामकुमार रिमाल, राजनैतिक दलका प्रतिनिधी, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।