• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, माघ ०२, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आफूलाई भोट नदिएको भन्दै वडाध्यक्षले कुटे स्थानीय


  •    संवाददाता/ बिहिबार, भदौ २१, २०८०  

  • आफूलाई भोट नदिएको भन्दै वडाध्यक्षले एक स्थानीय बासिन्दालाई कुटेर घाइते बनाएकाे घटना बाजुरामा भएकाे छ । खप्तड छेडेदह गाउँपालिका–३ का नरबहादुर बुढालाई सोही गाउँपालिका ३ का वडाध्यक्ष बिर्ख रावतले मंगलबार कुटपिट गरेका छन् ।

    स्थानीय निर्वाचन २०७९ मा आफूलाई भोट नदिएको भन्दै वडा कार्यालय नजिकै रहेको पसलमा दिउसै मदिरा सेवन गरेर वडाध्यक्ष रावतले कुटपिट गरी घाइते बनाएको पीडित पक्षको आरोप छ ।

    वडाध्यक्ष रावत र उहाँका कार्यकर्ताहरु मंगलबार दिउसोदेखि नै मदिरा सेवन गरी स्थानीयहरुलाई गालिगलौज गर्दै हिडेका र साँझको समयमा धारीलो हतियार प्रयोग गरी बुवालाई मरणासन्न हुने गरी कुटपिट गरेको पीडितका छोरा टेकबहादुर बुढाले बताउनु भयो ।

    स्थानीय तहको निर्वाचनमा भोट नहालेको भनेर यस अगाडि पनि पीडित बुढालाई वडाध्यक्ष रावतले पटकपटक धम्की दिदै आउनु भएको पीडितका छोरा बुढाको आरोप छ ।

    वडाध्यक्ष र उहाँका कार्यकर्ताहरुको कुटपिटबाट टाउँको र शरीरका बिभिन्न भागमा चोट लागि घाइते हुनु भएका बुढाको स्वास्थ्य उपचार डोगटी स्वास्थ्य चौकीमा भइरहेको छ ।

    स्थानीय पसलमा मदिरा सेवनपछि निर्वाचनका सन्दर्भमा समान्य विवाद भएको र नरबहादुर बुढाले हात टोक्दा आफूले प्रतिवाद गरेको वडाध्यक्ष रावतले  बताउनु भयो ।

    वडाध्यक्ष रावतले मदिरा सेवन गरी स्थानीयलाई कुटपिट गरेको सुन्नमा आएको र पीडित बुढालाई सम्पर्क गर्दा उपचारको क्रममा रहेको जानकारी दिनु भएको दोगडा प्रहरी चौकीका असई देबदत्त पन्तले बताउनु भयो । पीडित पक्षबाट अहिलेसम्म लिखिन उजुरी नआएको असई पन्तको भनाइ छ ।

    घटनाका आरोपित रावत ०७९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    ताजा अपडेट
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    • कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.