• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, कार्तिक २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अमेरिकी ग्रिन कार्डको पर्खाइमा ११ लाख भारतीय

"कार्ड पाउनुअघि ४ लाखको मृत्यु हुन सक्ने "

  •    संवाददाता/ बिहिबार, भदौ २१, २०८०  

  • अमेरिकामा बसोबास गर्दै आइरहेका ११ लाख भारतीय नागरिक ग्रिन कार्डको पर्खाइमा छन्। अमेरिकी थिंक ट्यांक क्याटो इन्स्टिच्युटको एक रिपोर्टअनुसार अमेरिकामा रोजगारका लागि ग्रिन कार्डको आवेदन दिने भारतीयको संख्या ११ लाख छ। यीमध्ये ४ लाख जना यस्ता छन्, जसको ग्रिन कार्ड पाउँदासम्म मृत्यु भइसकेको हुनेछ।

    अमेरिकामा प्रवासीलाई स्थायी रुपमा बसोबास गर्न ग्रिन कार्ड दिइन्छ। रोजगार आधारित नागरिकताका लागि १८ लाख आवेदनसमेत पेन्डिङमा छन्। यीमध्ये ६३ प्रतिशत अर्थात् ११ लाख भारतीय हुन्।

    ग्रिन कार्ड के हो ?

    ग्रिन कार्डलाई आधिकारिक भाषामा परमानेन्ट रेजिडेन्स कार्ड भनिन्छ। कसैले ग्रिन कार्ड पाउनुको मतलब उक्त व्यक्त सो ठाउँमा स्थायी रुपमा बसोबास गर्न पाउँछ। सबै देशले निश्चित सीमामा यस्तो कार्ड दिन्छन्।

    ग्रिन कार्डका लागि लामो पर्खाइ

    क्याटोको रिपोर्टमा फ्यामिली स्पोन्सर्ड सिस्टमअन्तर्गत झन्डै ८३ लाख नागरिकताको आवेदन पेन्डिङमा रहेको बताइएको छ। रिपोर्टअनुसार पेन्डिङमा रहेकामध्ये भारतीयले ग्रिन कार्ड पाउन १३४ वर्षको लामो प्रतीक्षा गर्नुपर्ने हुन्छ।

    ग्रिन कार्ड आवेदन दिनेमध्ये ४ लाख २४ हजार आवेदक ग्रिन कार्ड नपाउँदै यो संसारबाट बिदा भइसकेका हुनेछन्। यसमध्ये ९० प्रतिशत भारतीय हुने पनि रिपोर्टमा उल्लेख छ।

    अमेरिकामा साइन्स, टेक्नोलोजी र इन्जिनियरिङ क्षेत्रमा काम गर्नेमध्ये अधिकतम भारतीय र चिनियाँ नागरिक छन्। तथापि प्रत्येक वर्ष केहीले मात्रै ग्रिन कार्ड पाउँछन्। कार्डका लागि भारतीयको बढ्दो प्रतीक्षा ठूलै समस्या भएको बताइएको छ।

    बाइडेन प्रशासन र भारतीय मूलका अमेरिकी सांसदहरुले प्रयास गर्दा पनि अझैसम्म कुनै हल निस्केको छैन। रिपोर्टअनुसार अमेरिकामा नागरिकता लिन लगभग असम्भवजस्तै भएको छ।

    भारतीय नागरिकता त्याग्नेको संख्या बढ्यो

    इकोनोमिक टाइम्सले विदेश मन्त्रालयलाई उद्धृत गर्दै सन् २०२१ मा अमेरिका गएका करिब ८ लाख भारतीयले नागरिकता त्यागेका बताएको छ। नागरिकता त्याग्नेमा दोस्रो देश अस्ट्रेलिया जानेको रहेको छ। २०२१ मा अस्ट्रेलिया गएका २३ हजारभन्दा बढी भारतीयले नागरिकता त्यागेका छन्। त्यसपछि क्रशमः क्यानडा र बेलायत जानेले त्यागेका छन्।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.