केन्द्रीय अनुसन्धान ब्युरोले पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ।
सोमबार दिउँसो सिआइबी कार्यालयमा बोलाएर उनीसँग बयान लिएको हाे।
६० किलो सुन प्रकरणमा पुनको पनि संलग्नता रहेको भन्ने आशंकामा प्रहरीले उनीसँग बयान लिएको हो। उनको दावा छिरिङसँगको सम्बन्ध रहेका कारण यसमा जोडिएको हुनसक्ने प्रहरीको बुझाइ छ।
प्रहरीले दावा छिरिङसँगको संवाद, उनी पुगेका ठाउँहरू पत्ता लगाइसकेको छ। दिपेश पुन माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको महासचिव पनि हुन्।
अहिलेसम्म प्रहरीले यस प्रकरणमा २७ जनालाई पक्राउ गरेको छ। यसअघि पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महराको पनि ६० किलो सुन प्रकरणमा संलग्नता रहेको सिआइबीको अनुसन्धानमा देखिएको छ।








