• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पश्चिम तराईमा तिनछठी पर्व मनाइँदै


  •    संवाददाता/ मङ्गलबार, भदौ १९, २०८०  

  • आज पश्चिम तराईमा तिनछठी पर्व मनाइँदैछ । व्रतालु महिलाहरूले घाँसे कुशको पातमा गाँठो पारी पूजापाठ गर्दै छोराको दीर्घायु र स्वास्थ्यलाभको कामनासहित यो पर्व मनाइरहेका छन् । यो पर्वलाइ ‘हरछठ’ वा ‘ललहीछठ’ पनि भन्ने गरिन्छ । प्रत्येक वर्ष भाद्र कृष्णपक्ष ‘षष्ठी’ तिथिका दिन यो पर्व मनाइन्छ । यस दिन गाउँटोलका व्रतालुहरू एकै ठाउँमा भेला भई घाँसे कुशमा गाँठो पारी पूजाआराधना गर्ने गर्छन् ।

    हिन्दू परम्पराअनुसार पलास र महुवाको पातसहित कहिल्यै नजोतेको खेतमा उब्जेको तिन्नी चामल, महुवा र दही राखी पूजापाठ गरिन्छ । यो व्रत आमाले छोराको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै बस्ने गर्छन् । व्रतालु महिलाहरू दिनभरि निर्जल व्रत बसी तीनछठी माताको महिमासहितका गीतहरू गाउने तथा तीनछठी माताका कथाहरू भन्ने र सुन्ने गर्छन् ।

    व्रतमा प्राकृतिक फलफूल र पकवानहरु दही, महुवा, साग र तिन्नीको चामलको भातलगायतका सामाग्री र फलफूल प्रसाद को रुपमा ग्रहण गर्ने चलन रहेको छ । यो व्रतमा महुवाको दातुनले दाँत सफा गरिन्छ । यसै तिथिमा भगवान श्रीकृष्णका दाजु बलरामको जन्मोत्सव पनि मनाउने परम्परा रहेकोले खेतमा उब्जिएको वा हलो जोतेर उब्जाएको कुनै पनि अन्न खानुहुँदैन भन्ने मान्यता छ । हलो कृष्णका दाजु बलरामको अस्त्र भएकाले त्यसो गरिने गरेको पण्डित अजयकुमार मिश्रको भनाइ छ ।

    ‘व्रतालुहरूका लागि गाइको दूध, दही, घिउ वा त्यसबाट बनेका कुनै पनि परिकार खान मनाही छ,’ पण्डित मिश्रले भन्नुभयो, ‘भैंसीको दूध, घिउ र दही प्रयोग गर्नुपर्छ । व्रतालु महिलाहरू बेलुका तालतलैयामा उब्जिएको केरमुआ सागरतिन्नीको चामल र पचहरको चावल खान्छन् । यसै गर्नुपर्ने परम्परा चल्दै आएको छ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.