• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अमेरिकामा पर्यटक बनेर जासुसी गर्छन् चिनियाँहरू


  •    संवाददाता/ मङ्गलबार, भदौ १९, २०८०  

  • अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले चिनियाँ नागरिक पर्यटक बनेर अमेरिकामा जासुसी गर्ने गरेको लेखेको छ। १०० भन्दा बढी यस्ता मामिला बाहिर आएको र केन्द्रीय अनुसन्धान विभाग (एफबिआई) र रक्षा विभाग पनि सतर्क अवस्थामा रहेको अखबारमा उल्लेख छ।

    समाचारमा अमेरिकी उच्च अधिकारीको हवाला दिँदै यो जानकारी दिइएको हो। केही महिनाअघि अमेरिकाले चीनको स्पाइ बेलुनलाई खसालेको थियो। त्यतिबेला चीनले उक्त बेलुनको अवशेष माग्दै यो वेदर इन्फर्मेसन स्याटेलाइट भएको बताएको थियो।

    चिनियाँ नागरिकको बढ्दो व्यवहारप्रति निगरानी राख्न गत वर्ष एफबिआई र रक्षा विभागको संयुक्त बैठक बसेको थियो। बैठकमा चीनको तर्फबाट हुने यस्ता खालका घटनाबाट बच्ने योजना तयार गरिएको थियो। प्रमाणित कागजपत्र नहुन्जेल चिनियाँ नागरिकलाई संवेदनशील क्षेत्रको नजिक आउन नदिने बैठकमा निर्णय भएको थियो।

    समाचारमा न्यू मेक्सिकोमा रहेको मिसाइल रेन्जको पनि उल्लेख गरिएको छ। साथै फ्लोरिडामा अमेरिकाको रकेट लन्चिङबारेमा पनि चिनियाँ जासुसले जानकारी हासिल गर्ने कोसिस गरेको उल्लेख छ।

    ‘चिनियाँ नागरिक सैन्य अड्डामा रहेका म्याकडोनाल्ड या बर्गर किंग्समा पनि पुग्छन्,’ वाल स्ट्रिट जर्नलको समाचारमा भनिएको छ, ‘अलास्काको सैन्य आधारमा उनीहरुले गार्डसँग हातपात पनि गरेका थिए।’

    चिनियाँ नागरिकले दूरदराज इलाकामा रहेका अड्डालाई आफ्नो निसाना बनाउन कोसिस गर्ने समाचारमा उल्लेख छ।

    कसरी भयो अधिकारीहरुलाई शंका ?

    एफबिआई ले केही विषयको जाँच गर्दा चिनियाँ नागरिक पर्यटकस्थल नै नभएको ठाउँमा किन गए भन्ने प्रश्न उठ्यो। साथै उनीहरुले कुनै विमानस्थल नभएको ठाउँलाई लक्षित गरेको अनुमान भएपछि यिनीहरु पर्यटक पनि नभएको र उद्देश्य पनि अर्कै भएको स्पष्ट भयो।

    समाचार भन्छ– चिनियाँ नागरिक अमेरिकामा जासुसी जानकारी जुटाउँछन् र चीन पठाउँछन्। यसबारे अमेरिकी गृह मन्त्रालयले सोध्दा उनीहरूले केही बताउन चाहेनन्।

    फेब्रुअरीमा देखिएको थियो जासुसी बेलुन

    अमेरिकाको मोन्टाना सहरमा २ फेब्रुअरीमा चिनियाँ स्पाइ बेलुन देखिएको थियो। त्यहाँयता दुई देशबीच तनाव बढेको छ। अमेरिकाले ५ फेब्रुअरीमा एफ–२२ फाइटर जेटले बेलुन खसाएका थिए। साथै यसको अवशेष चीनलाई फिर्ता पनि दिएनन्। त्यसपछि चीन भड्किएको थियो।

    चिनियाँ विदेश मन्त्रालयका अनुसार कुनै पनि वेदर बेलुन अन्य देशमा प्रवेश गर्नु सामान्य कुरा हो। बेलुन फुटाएर अमेरिकाले अन्तर्राष्ट्रिय नियमको उल्लंघन गरेको छ। २०२२ देखि हालसम्म १० वटा अमेरिकी बेलुन आफ्नो क्षेत्रमा प्रवेश गरेको दाबीसमेत गरेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.