आज नेपाल र भारतका बिचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुँदैछ ।
एसियन कप क्रिकेट– २०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजेबाट सुरु हुने ऐतिहासिक प्रतिस्पर्धा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ
नेपालले भारतसँग पहिलो पटक यो उपल्लो स्तरको खेल खेल्न लागेको हो । नेपालले यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो ।
सो खेल पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो ।
पछिल्लो समयमा नेपाली क्रिकेट टोलीले प्रस्तुत गरेको उच्चस्तरको प्रदर्शन, अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले हासिल गरेको सफलता र नेपालीमा टोलीमा देखिएको आत्मविश्वासलाई विश्लेषण गरेर हेर्दा पनि नेपालले भारतका अगाडि सजिलै हार नमान्ने आँकलन धेरैकाे छ।
तर आफ्नो परम्परागत कमजोरी मानिँदै आएको ब्याटिङ पक्षमा अझै पनि अपेक्षित सुधार ल्याउन भने नेपालले सकिरहेकाे छैन ।