• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

महिला ह्यान्डबल प्रतियोगितामा यो यो टीम प्रथम

"द ओमन्स क्लब अफ पोखराले आयोजना गरेको महिला ह्यान्डबल प्रतियोगिता हिजो भदौ १६ गते मल्टी पर्पोज कभर्डहल पोखरामा सम्पन्न "

  •     अभियान हाम्रो/ आइतबार, भदौ १७, २०८०  

  • मिलन तमु मोमबत्ती

    द ओमन्स क्लब अफ पोखराले आयोजना गरेको महिला ह्यान्डबल प्रतियोगिता हिजो भदौ १६ गते मल्टी पर्पोज कभर्डहल पोखरामा सम्पन्न भएको छ । हिजो भएको महिला ह्यान्डबल प्रतियोगितामा यो यो टीम प्रथम, फिट जोन टीम दोश्रो, स्याङ्जा मनकामना पेल्काचौर तमु समाज पोखरा-१५ तेश्रो र तमु प्ये ल्हु संघ इकाई समिति स्याङ्जाली तमु समाज पोखरा-२६ बुढीबजारको टीमले सान्त्वना प्राप्त गरेको छ ।

    No description available.

    शनिबार आयोजित खेल सम्भवत पोखरामा पहिलोपटक ३५ वर्ष माथिका महिलाहरूलाई खेल मैदानमा उतारेको यो पहिलो महिला ह्यान्डबल प्रतियोगिता हो । प्रतियोगितामा जम्मा ८ टीमले भाग लिएका थिए । जसमा तमु प्ये ल्हु संघ महिला समितिबाट क र ख गरी दुई टीम, तमु प्ये ल्हु संघ इकाई समिति स्याङ्जाली तमु समाज, बुढीबजार, स्याङ्जा मनकामना पेल्काचौर तमु समाज, हरियाली मार्ग बनक्याम्पस, यो यो टीम, फिटजोन टीम, पेल्का चौर तमु समाज, घारीपाटन र महिला जागृति टीम थिए ।

    No description available.

    प्रतियोगितामा जर्सी नं. ७ यो यो टीमका खेलाडी शर्मिला थापाले १३ गोल गरेर हाइएस्ट स्कोररको उपाधी पाएकी छिन । यसैगरी जर्सी नं. १० यो यो टीमका खेलाडी मेलिना गुरुङले बेस्ट गोल किपरको उपाधी पाएकी छिन । भने जर्सी नं. १० फिट जोन टीमका खेलाडी रीता रानाले बेस्ट प्लेयरको उपाधी पाएकी छिन ।
    यसैगरी सबैभन्दा बढी उमेरकी ज्येष्ठ खेलाडी तमु प्ये ल्हु संघ (ख) टीमका ६१ वर्षीया शारदा ल्हेंगे तमुले ज्येष्ठ खेलाडीको उपाधी सहित प्रशंसा-पत्र पाएकी छिन । उहाँ तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिका सहकोषाध्यक्ष हुन् ।

    No description available.

    प्रतियोगितालाई सफल पार्न विभिन संघ संस्था व्यक्ति विशेषले सहयोग गरेको बताउँदै मुख्य प्रायोजकमा मुक्तिनाथ विकास बैंक, सह-प्रायोजकमा ग्रीन डेभलपमेन्ट बैंक, प्रथम पुरस्कार प्रायोजक WO2 बल बहादुर गुरुङ/औसुबा गुरुङ आदिले सहयोग गरेको कुरा खेल संयोजक सारिका गुरुङ बताउँछन् ।
    यसरी हिजो भएको प्रथम महिला ह्यान्डबल प्रतियोगिता समारोहका अध्यक्षता सारिका गुरुङ (President, The Women’ Club of Pokhara), नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल भूतपूर्व खेलाडी मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङको प्रमुख आतिथ्यतामा खेलकुदसँग आवद्ध तथा सम्बद्ध व्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न खेललाई राष्ट्रिय रेफ्री गोपाल थापा, चित्र बहादुर थापा, सुवास गुरुङ, पदम नेपाली, रण बहादुर कार्की, टेक विनोद क्षेत्री र सागर भण्डारीले अफिसियल भुमिका निभाएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.