• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख ३१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रहरी हिरासतमा बलात्कार भनिएको घटनाको अनुगमन

"घटना बारे कसैलाई भने २० वर्ष जेलमै सडाउने भनि डर, धाक र धम्की दिएका कारण तत्काल घटनाका बारेमा डरले कसैलाई नबताएको टोलीलाई जानकारी दिनु भयो । "

  •     अभियान हाम्रो/ आइतबार, भदौ १७, २०८०  

  • महिला पुर्नस्थापना केन्द्र (ओरेक) र अनौचापचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को टोलीले इलाका प्रहरी कार्यालय, कञ्चनपुर हिरासतमा ३५ वर्षीया एक महिलालाई कार्यालय प्रमुख डिएसपी दिपक कुमार रायले बलात्कार गरेको भनिएको घटनाका पीडित महिलासँग भदौ १६ गते भेटि घटना बारे जानकारी लिएको छ । ओरेक का अध्यक्ष डा. रेणु अधिकारीको नेतृत्वमा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, ओेरेक सिरहा संयोजक अनिता चौधरी, सञ्चारकर्मी बन्दना दनुवार र महिला अधिकारकर्मी शोभा बजगाईको टोलीले जिल्ला कारागार, सप्तरीमा कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेकी पीडित महिलालाई भेटि घटनाबारे जानकारी लिएको हो ।

    पीडित महिलाले टोलीलाई आफूलाई डिएसपी रायको कार्यकक्षमा बयानका लागी बोलाई डर, धाक, धम्की दिएर दुई पटक बलात्कार गरेको बताउनु भयो । घटना बारे कसैलाई भने २० वर्ष जेलमै सडाउने भनि डर, धाक र धम्की दिएका कारण तत्काल घटनाका बारेमा डरले कसैलाई नबताएको टोलीलाई जानकारी दिनु भयो । जिल्ला कारागार सप्तरीमा आएपछि कारागारका दिदी बहिनीलाई घटनाबारे बताएको र आरोपित डिएसपी विरुद्ध उजुरी दिएको पीडित महिलाले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय, सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका महिला हाल जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जिल्ला कारागार थुनामा राखिएको टोलीलाई जानकारी दिनु भयो ।

    371541486_2509686975865846_7595855549706830864_n

    इलाका प्रहरी कार्यालय, कञ्चनपुर हिरासतमा रहेको बेला बलात्कार गरेको भनि महिलाले डिएसपी रायमाथि आरोप लगाएको र प्राविधिक रुपले पनि पुष्टि नहुने आधार रहेको एसपी कार्कीले टोलीलाई बताउनु भयो । एसपी कार्कीले घटनाका बारेमा जानकारी लिन पुगेका अधिकारकर्मीहरुको टोलीलाई इलाका प्रहरी कार्यालय, कञ्चनपुरको सिसिटिभि फुटेज समेत देखाएका थिए । सिसिटिभि फुटेजमा पीडित महिलालाई महिला हिरासत कक्षमा नराखी प्यासेजमा सुताउने गरिएको, बयान राती १०ः३० बजे लिएको, बयान दिएर बाहिर निश्कदा पीडित महिलाले कपाल र लुगा मिलाइएका जस्ता शंकास्पद दृश्यहरु देखिएको घटनाको जानकारी तथा अनुगमनमा गएका टोलीले जनाएको छ ।

    कर्तव्य ज्यान मुद्दामा चैत ४ गते पक्राउ परेपछि हिरासतमै रहेको बेला आरोपित डिएसपी रायले चैत ६ गते बलात्कार गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा भदौ ६ गते उजुरी दिनु भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.