• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हेमजा साहित्य प्रतिष्ठानमा मोतीरामको चर्चा र प्रशिक्षण

"हेमजा साहित्य प्रतिष्ठान नेपालले १५८ औं मोतीजयन्तीको पूर्व सन्ध्यामा मोतीराम भट्टको व्यक्तित्व र कृतित्वको चर्चाका साथै गजल प्रशिक्षण सम्पन्न "

  •    अभियान हाम्रो / आइतबार, भदौ १७, २०८०  

  • हेमजा साहित्य प्रतिष्ठान नेपालले १५८ औं मोतीजयन्तीको पूर्व सन्ध्यामा मोतीराम भट्टको व्यक्तित्व र कृतित्वको चर्चाका साथै गजल प्रशिक्षण सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकालले मोतीराम भट्टले नेपाली भाषा साहित्यमा दिएको योगदानको तुलना नै हुन नसक्ने बताए । ढकालले देशको विकास निर्माण बाटाघाटा, पुलपुलेसा मात्र नभएर सभ्यता र संस्कृतिको संरक्षण पनि देश निर्माणको अभिन्न अङ्ग भएको बताए ।

    प्रतिष्ठानको रजतजयन्तीका सन्दर्भमा मोती जयन्ती सन्दर्भमा सहकार्य गर्न पाउनु प्रतिष्ठानका लागि एउटा गौरवको विषय भएको बताउँदै प्रतिष्ठानद्वारा अर्पण गरिएको रजतजयन्ती विशेष सम्मानका लागि आभारसमेत व्यक्त गरे ।
    प्रज्ञा–प्रतिष्ठानका बारेमा बोल्दै ढकालले प्रतिष्ठानको कानूनमा महानगरको प्रमुख कार्यकारी अधिकृत सदस्य–सचिव रहने व्यवस्थाले प्रतिष्ठानका गतिविधि सञ्चालनमा सदस्य–सचिव महानगरकै काममा व्यस्त रहनुपर्दा स्वतस्फूर्त कार्य सम्पादनमा असहजता भएकोसमेत जानकारी गराए ।

    गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले हेमजा साहित्य प्रतिष्ठान यस क्षेत्रको एउटा गौरवका रूपमा अगाडि बढेको देख्दा आफूलाई निकै खुसी लागेको धारणा राखे । मोतीराम भट्टको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास गण्डकी समितिका महासचिव असफल गौतमले नेपाली भाषासाहित्य सिर्जना र सङ्गठनका अलौकिक र प्रेरक आधिकारिक प्रतिभाकारूपमा मोतीराम भट्टलाई चिनाए । उनले मोतीराम भट्टले कोरेको भानुभक्त आचार्यको मुहारचित्र र नेपाली भाषामा पहिलो नेपाली गजल रेकर्ड गराउने गीतकार व्यक्तित्वलाई ओझेलमा पार्न नहुनेमासमेत जोड दिएका थिए ।

    मुख्य प्रशिक्षक अनुराग अधिकारीले सिकाइ कहिल्यै पनि पूरा नहुने भएकाले भाइबहिनीले सिकेका कुरा दैनिक जीवनमा लागू गर्न साधनाको सधैँ खाँचो रहने बताए । उनले यस्ता प्रशिक्षण पाठ्यपुस्तकको पढाइ जस्तो नभएकाले जति धेरै प्रयास उति धेरै सफलता मिल्ने भएकाले निरन्तर प्रयासमा लाग्न सुझावसमेत दिए । कार्यक्रम संयोजक सुनिल गायकले प्रतिष्ठानका गतिविधिमा सहभागी हुँदै आउँदा आज मोतीराम जयन्तीको सन्दर्भमा कार्यक्रम संयोजन गरेर पछिल्लो पुस्ताका भाइबहिनीलाई गजलप्रति आकर्षित गर्न पाउँदा आफूलाई गौरवबोध भएको धारणा राखे ।

    प्रतिष्ठानका सचिव परशुराम अधिकारीले प्रतिष्ठान स्थापनाको रजतवर्षमा वार्षिक नियमित कार्यक्रमबाहेक २५ फरक–फरक प्रकृतिका विशेष कार्यक्रम अन्तर्गत पोखरा प्रज्ञा–प्रतिष्ठानको आर्थिक सहयोगमा नवौं कार्यक्रम मोतीराम भट्टको व्यक्तित्व तथा कृतित्वको परिचर्चा र गजल प्रशिक्षण राखेको बताए । हेमजा क्षेत्रका ४५ जना विद्यार्थी तथा गजल अनुरागी स्रष्टा साहित्यसेवीको सहभागिता रहेको कार्यक्रममा सहभागी सबैले गजल लेखेर प्रस्तुतसमेत गरेका थिए ।

    सहभागीमध्ये महिलातर्फबाट सरिता थापाले प्रशिक्षण निकै प्रभावकारी रहेको र साहित्य लेखनले खराब प्रवृत्तिका गतिविधिलाई निरुत्साहित गराउन पनि सहायता गर्ने बताइन् । पुरुषतर्फबाट मिजास विकले प्रशिक्षणबाट अब आफूलाई अब गजल लेख्न सक्छु भन्ने हिम्मत बढेको धारणा राखे । अध्यक्ष बलराम पौडेलले प्रतिष्ठानका हरेक गतिविधिलाई सफल पार्न सहयोग गर्ने कार्यसमितिका पदाधिकारी, विभिन्न सहयोगी दाता, शुभेच्छुक, शुभचिन्तकप्रति आभार व्यक्त गरे । साथै उनले २३ गते आयोजना हुने गजल प्रतियोगितालाई सफल पार्न सबैलाई सहयोग गर्न र भाइबहिनीलार्इ सहभागिताका लागि आग्रहसमेत गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.