• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

संघ र प्रदेशका निकायबीच समन्वय नहुँदा सय मिटरको फरकमा उस्तै प्रकृतिका दुई पुल


  •    संवाददाता/ शुक्रबार, भदौ १५, २०८०  

  • मोरङ मिक्लाजुङको मिक्लु खोलामा १ सय मिटरको फरकमा दुईवटा पुल निर्माण गरिएको छ। २८ करोड रुपैयाँ लागत रहेका यी पुल उपयोगिताको हिसाबले एउटै निर्माण गर्दा हुने देखिन्छ। तर यसमा संघ र प्रदेश सरकारका निकायबीच समन्वय भएको देखिँदैन।

    मोरडको मिक्लाजुड गाँउपालिका वडा नं ६ मा रहेको मिक्लु खोलामा प्रदेश सरकारले प्रादेशिक सडका लागि ७ करोडको लागतमा पुल निर्माण गरेको छ भने संघले पनि सँगै एक सय मिटर दक्षिणमा मदन भण्डारी सडकका लागि २१ करोड ४८ लाखको लागतमा अर्को पुल निर्माण गरिरहेको छ।

    स्थानीय रोहित राई मिक्लु खोलामा दुईवटा पुलको आवश्यकता नरहेको बताउनुहुन्छ। केन्द्र र प्रदेश सरकारको सामान्य समन्वय नहुँदाको परिणति एकै ठाउँमा दुई पुल निर्माण भएको उहाँको भनाइ छ।

    ‘एउटा पुल निर्माण गर्दा हुने खोलामा अर्को पनि पुल निर्माणको आवश्यता देखिँदैन,’ राईले भन्नुभयो, ‘आवश्यकताभन्दा पनि बजेट सक्ने मेलो जस्तो देखिन्छ।’

    मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले इलाम, झापा, मोरङ र सुनसरी जिल्ला जोड्ने सडकका लागि सोही मिक्लु खोलामा पुल निर्माण गरिरहेको हो।

    मिक्लु खोलामा सय मिटरको फरकमा दुई पुल निर्माण हुनलाई स्थानीयले बजेट दुरुपयोग भनेका छन्। यसबारे सर्वत्र आलोचना हुन थालेपछि दुई निकायबीच आरोप–प्रत्यारोप सुरु भएको छ। एकले अर्कोलाई दोषी देखाउदै उम्किने अवस्थामा दुई निकाय देखिएका छन्।

    पूर्वाधार विकास कार्यालय मोरङका सिनियर डिभिजन इन्जिनियर सुशील श्रेष्ठका अनुसार प्रादेशिक सडकका लागि मिक्लु खोलामा सय मिटरको पुल निर्माण भएको बताउनुभयो। यस्तै, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले अहिले सोही स्थानमा अर्को पुल निर्माण गरे पनि आफूहरूसँग समन्वय नगरेको उल्लेख गर्नुभयो। ‘एकै स्थानमा दुईवटा पुल बन्नुको सम्पूर्ण जिम्मेवारी मदन भण्डारी राजमार्ग आयोजनाले लिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘पुल निर्माणमा समन्वयका लागि पटक÷पटक जानकारी गराउँदासमेत हामीलाई बेवास्ता गरिएको छ।’

    खासमा, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले प्रदेश सरकारले निर्माण सुरु गरेको दुई वर्षपछि २०७७ जेठमासय मिटरको फरकमा अर्को पुल निर्माणको कार्य अघि बढाएको थियो।

    कुल २१ करोड ४८ लाखको लागतमा निर्माणधीन अवस्थामा रहेको उक्त पुलको भौतिक प्रगति ७० प्रतिशत सकिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय दमकले जनाएको छ।

    कुल १ सय २० मिटर लम्बाइ र ११ मिटर चौडा रहेको सो पुल अबको ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय दमकका प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिनुभयो।

    देवकोटाले मदन भण्डारी राजमार्गको मापदण्डमा प्रदेशले बनाएको पुल नपर्ने भएकाले छुट्टै पुल निर्माण गर्नु परेको दाबी गर्नुभयो। तर प्रदेश सरकारले पनि सोही स्थानमा पुल निर्माण गरिरहेको जानकारी पाएपछि पूर्वाधार विकास कार्यालय मोरङलाई आवश्यक समन्वयका लागि पत्र पठाए पनि चासो नदेखाएको उहाँको आरोप छ।

    मिक्लाजुज गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले भने संघ र प्रदेश सरकारले एउटै उदेश्यका लागि पुल निर्माण गरे पनि पुल निर्माण गर्नुअघि पर्याप्त समन्वय नभएको देखिएको बताउनुभयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.