• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध राजद्रोहको धारा लाग्न सक्छ

"संकटमा उम्मेदवारी "

  •    संवाददाता/ शुक्रबार, भदौ १५, २०८०  

  • अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प हाल रिपब्लिकन प्रेसिडेन्सियल प्राइमरीमा सबभन्दा अगाडि हुनुहन्छ। उहाँलाई रोक्न केही उदारवादी समूह र कानुनविद्ले संविधानको राजद्रोहको धाराअन्तर्गत मुद्दा दर्ता गर्नेबारे छलफल चलाएका छन्। यदि ट्रम्पविरुद्ध राजद्रोहको मुद्दा दर्ता भयो पनि आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारी प्रभावित हुन सक्छ। यसलाई लिएर कैयौँ प्रश्नसमेत उठ्न थालेका छन्।

    यी सबै प्रयास ६ जनवरी, २०२१ मा क्यापिटल हिलमा भएको हमलामा ट्रम्पको भूमिकालाई लिएर भएका हुन्। खासमा अमेरिकामा १४ औं संविधान संशोधनले एकपटक संविधानअनुसार चल्ने शपथ लिएको तर पछि राजद्रोह या विद्रोहजन्य गतिविधिमा सहभागी हुने कुनै पनि व्यक्तिलाई संवैधानिक पद हासिल गर्न प्रतिबन्ध गरेको छ।

    केही कानुनविद्हरूले गृहयुद्धपछिको समयमा ल्याइएको उक्त कानुनको धारा २०२० को राष्ट्रपति चुनावको नतिजा उल्टाउन प्रयास गर्ने ट्रम्पको भूमिकामा लागू हुन सक्छ। ट्रम्पले आफ्ना समर्थकलाई युएस क्यापिटलमाथि आक्रमण गर्न उत्प्रेरित गर्नुभएको थियो।

    आगामी चुनाव यात्रामा मुद्दा धाउनुपर्ने हुन सक्छ

    केही उदारवादीका अनुसार यी सबै आरोपका बाबजुद पनि निर्वाचन आयोगले ट्रम्पलाई चुनाव लड्ने मौका दिनुपर्छ। यो प्रयासले ट्रम्पविरुद्ध अलगअलग राज्यमा मुद्दा र अपिल ल्याउन सक्छ, जसका कारण सर्वोच्च अदालत जाने बाटो खुलाउँछ।

    विशेषज्ञका अनुसार आगामी वर्ष हुने चुनावी सरगर्मीमा सर्वोच्च अदालत जाने बाटो खुला नहोला भन्न सकिन्न। यसले ट्रम्पको कानुनी झन्झट झन् बढ्नेछ।

    यसपटक उम्मेदवारीको दौडमा सबभन्दा अगाडि रहेका उहाँले पहिल्यै चार आपराधिक मामिलाको सामना गर्नुभएको छ।

    १५ जनवरीमा रिपब्लिकनको उम्मेदावारी चुन्ने दौड सुरु हुँदैछ। यसमा भाग लिने ट्रम्पको योग्यता पनि मुद्दामामिलाले गर्दा प्रभावित हुन सक्नेछ।

    चुनावमा हस्तक्षेपको आरोप

    १४औं संशोधन कंग्रेस, सेना, संघीय र राज्यका संवैधानिक पदमा लागू हुन्छ। कानुनको व्याख्याअनुसार संवैधानिक पदमा बसेर जसले संविधान पालना गर्ने शपथ लिएको छ पछि त्यसैविरुद्ध राज्यद्रोह या विद्रोहमा सहभागी भएको छ भने उक्त व्यक्तिलाई संवैधानिक पदमा प्रतिबन्ध लगाइन्छ।

    यता ट्रम्पले भने चुनावमा भाग लिन रोकिने जुनसुकै प्रयासलाई चुनावविरुद्धको हस्तक्षेप मानिने बताउनुभएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.