• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, चैत २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पहिरोले सात घर विस्थापित,८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत

"जलजला गाउँपालिका– ५ लेखफाँटको कुवापानी पहाडबाट खसेको पहिरोले  जलजला–२ पूर्णगाउँ, मुलघडेरी, नेपानेका सात घर विस्थापित "

  •     अभियान हाम्रो/ शुक्रबार, भदौ १५, २०८०  

  • जलजला गाउँपालिका– ५ लेखफाँटको कुवापानी पहाडबाट खसेको पहिरोले  जलजला–२ पूर्णगाउँ, मुलघडेरी, नेपानेका सात घर विस्थापित भएका छन् । त्यहाँको झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असारको दोस्रो सातादेखि परेको पानीले आएको पहिरोले हालसम्म सात ओटा घरपरिवार विस्थापित भएको जलजला– २ का निवर्तमान वडा अध्यक्ष गोबिन्द खत्रीले बताउनुभयो ।

    ‘पानी पर्नासाथ पहिरो खस्ने समस्या छ, अहिले सात ओटा परिवारले बस्दै आएको घर छाडेर अन्यत्र विस्थापित हुनुभएको छ’ खत्रीले भन्नुभयो । उहाँका अनुसार स्थानीय नगेन्द्र कार्की, पदम कार्की, रविन पुन, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर कार्की र डेकबहादुर कार्की गरी सात ओटा घर जोखिममा रहेका छन् । रेशम र डेकबहादुर कार्कीका दुई परिवार काठमाडौ बस्न थालेपनि अहिले अन्य स्थानीय रविन पुन लगायत पाँच ओटा परिवार बिचल्लीजस्तै अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

    विस्थापित बनेपछि अहिले स्थानीय सामुदायिक भवन र आफन्तको घरमा शरण लिएर बसेको पहिरो पीडित रविन पुनले बताउनुभयो । माथिको पहाड चिरा–चिरा परेका कारण पानी परेको समयमा त्यसक्षेत्रका बस्ती निकै खतरामा परेका छन् ।

    कुवापानीको जङ्गलबाट आएको पहिरोसहितको बाढीले आफ्नो मात्रै झण्डै ५० रोपनी बढी जमिन बगर बनेको पहिरोबाट विस्थापित पदम कार्कीले बताउनुभयो । ‘पानी नपर्दाको समयमा आफ्नो घरमा खाना पकाएर खाएपनि रात बिताउन हामीहरु नवजागरण महिला आमा समुहको सामुदायिक भवनमा जाने गरेका छौ’ उहाँले भन्नुभयो । पहिरोले गर्दा खेतबारीमा लगाएको मकै, सिमी, कोदो, धान नष्ट गरेको छ ।

    ‘अन्नबाली लगाएको ठाउँ बगरमा परिणत भएको छ’ पहिरोले पुर्‍याएको क्षति देखाउदै कार्कीले भन्नुभयो–‘किसानले गरेको दुःख नष्ट त भयो नै अब के खाने, कहाँ गएर बस्ने ?’ पहिरो जान सुरु भएदेखि हालसम्म प्रदेशका मन्त्रीसम्म आएर अवलोकन गरेर फर्केपनि हालसम्म पहिरो रोक्न, विस्थापित भएकाको बासस्थानको उपयुक्त प्रबन्ध हुन नसकेको डम्बर खत्रीले गुनासो गर्नुभयो । ‘नेतादेखि मन्त्रीसम्म आएर फर्किनुभयो तर हाम्रो समस्या समाधान गर्ने ठोस योजना बनाउन सक्नुभएको छैन’ उहाँले भन्नुभयो– ‘आकाशबाट पानी पर्ने बित्तिकै लेदो सहितको बाढी आउँछ, अनि भागाभाग हुन्छ ।’ स्थानीय सरकारले पनि समस्या समाधानका लागि ठोस कदम अगाडि बढाउन नसकेको कार्कीले गुनासो गर्नुभयो ।

    भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेलले चर्किएको पहाडको डिललाई तत्काल व्यवस्थापन र संरक्षण गर्न सम्भव नरहेको बताउनुभयो । उँहाले बाढी पहिरोबाट बस्ती, खेतीयोग्य जमिनमा थप क्षति हुन नदिन व्यक्तिको जग्गालाई मुआब्जा दिएर बाढी नियन्त्रण र संरक्षणको काम गर्नुपर्ने देखिएको पनि धारणा राख्नुभयो । ‘कुवापानीको पहिरोलाई केही गर्न सकिँदैन, भूगर्वविद लिएर अध्ययन गर्नुपर्छ, एकसय मिटर चौडाइमा पहाड फाटेको छ, पानी पर्ने बित्तिकै जमिन बग्न थाल्छ’ उहाँले पहिरो व्यवस्थापन भन्दा बस्ती स्थानान्तरणलाई चासो दिनुपर्ने देखिएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.