• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कानुन पढाउने कलेज नै गैरकानुनी, ३ शैक्षिक संस्थामा सिलबन्दी


  •    संवाददाता/ शुक्रबार, भदौ १५, २०८०  

  • बिनाअनुमति सञ्चालनमा रहेको‘ वीरगन्ज स्कुल अफ लमा सिलबन्दी गरिएको छ। अनुमति नै नलिई सञ्चालन गरेको फेला परेपछि वीरगन्ज महानगरपालिकाले सिलबन्दी गरेको हो।

    अनुमतिबिना सञ्चालनमा रहेका कलेजलाई कारबाही गर्न महानगर प्रमुख राजेशमान सिंहले दिनुभएको निर्देशनबमोजिम नियमन समितिले सिलबन्दी गरेको हो।

    यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ११ स्थित इम्पेरियल कलेजमा पनि महानगरपालिकाले सिलबन्दी गरेको छ। महानगरबाट अनुगमनमा खटिएको टोलीले कलेज सञ्चालनका लागि आवश्यक अनुमति नलिएको पाएपछि सिलबन्दी गरेको हो।

    यस्तै, महानगरपालिकाले वडा नम्बर ५ स्थित बिजी बिज किड्स प्रि–स्कुल पनि सिलबन्दी गरेको छ। महानगरबाट अनुगमन गर्न पुगेको टोलीले स्कुल सञ्चालनका लागि आवश्यक अनुमति लिएको नपाइएपछि प्रि स्कुलमा सिलबन्दी गरेको हो।

    सिलबन्दी गर्न महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, वडा नं। ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, १३ का हीरा गिरी, शैक्षिक प्रशासन महाशाखा अधिकृत आनन्द लामिछाने, नारायण चापागाईं, नियमन समितिका संयोजक ईश्वरचन्द्र यादव, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँललगायत पुग्नुभएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.