• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन २३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन

"इन्सेकका साधारण सदस्य रुकैया खातुन, इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य र मानव अधिकार समूहकी संयोजक पुष्पा रेग्मीले हिरासत कक्षको अनुगमन "

  •     अभियान हाम्रो/ शुक्रबार, भदौ १५, २०८०  

  • इन्सेक कपिलवस्तुले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेको छ ।  इन्सेकका साधारण सदस्य रुकैया खातुन, इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य र मानव अधिकार समूहकी संयोजक पुष्पा रेग्मीले हिरासत कक्षको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा  जिल्ला प्रहरी कार्यालयका एसपी प्रेमबहादुर बस्नेतसँग जिल्लाको मानव अधिकारको अवस्थाको बिषयमा छलफल गरेका थिए । जिल्लामा हुने अपराधिक घटनाहरु , मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरू र मधेशी,  मुश्लिम समुदायमा हुने लैंगिंक हिंसाका घटनाहरू न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।

    अनुगमनका क्रममा क्षमता भन्दा बढी थुनुवाहरु रहेका,   विशेष गरी बाल विवाह , बहुविवाह , घरेलु हिंसा, लैंगिंक हिंसा , र लागूपदार्थ दुर्व्यवसनीका घटना बढी हुने गरेको पाइयो । जिल्ला प्रहरी कार्यालयका एसपी बस्नेतले मानव अधिकारको क्षेत्रमा प्रहरी सम्वेदनशील भएको बताउँदै जिल्लामा घट्ने बिभिन्न अपराधिक घटनाहरू न्यूनिकरण गर्न बिभिन्न अभियानहरू संचालन गर्दै आएको बताउनु भयो । हिरासत कक्षका दुई वटा कोठामा हाल २० जना व्यक्तिहरुलाई राखिएका छन् ।

    इन्सेकका साधारण सदस्य रुकैया खातुनले पछिल्लो समयमा लैगिंक हिंसाका घटनाहरू वृद्धि भएको हुँदा जिल्ला प्रहरी कार्यालयले स्थानीय तह र बिभिन्न सरोकारवालाहरूसँग  समन्वय सहकार्य गर्न सुझाव दिनु भयो । हिरासत कक्षको अनुगमन गर्दै हिरासतमा अनुसन्धानमा रहेका थुनुवा नागरिकहरूसँग  कुराकानी गर्दै सरसफाईमा ध्यान दिन सुझाव दिनु भयो ।महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका अनुसार आर्थिक वर्ष ०७९/०८० मा २ सय २६ जना बालबालिका हराएको भन्दै उजुरी परेका  थिए । चालु आर्थिक वर्ष ०८०/०८१ को साउन महिनामा मात्रै १८ जना बालबालिका हराएको निवेदन परेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.