• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, चैत ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पाेखराकाे सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा जनशक्ति अभाव

"डायलासिस सेवा सञ्चालनमा समस्या "

  •    संवाददाता/ शुक्रबार, भदौ १५, २०८०  

  • कास्कीकाे पोखरा – ३१ मा रहेको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा डायलासिस सेवा केन्द्र सञ्चालनका लागि जनशक्ति अभाव भएको छ ।

    गण्डकी प्रदेश सरकार मातहतका रहेको सो अस्पतालमा हालै डायलायसिस सेवाका लागि २५ शय्या क्षमताको डायलासिस केन्द्र स्थापना गरिए पनि आवश्यक जनशक्ति अभावले पूर्ण रुपमा सञ्चालनमा आउन नसकेपछि बिरामीले उपचार पाउन कठिन भएको छ ।

    डायलायसिस मेसिन सञ्चालनमा ल्याएर एकैदिन ३३ जना बिरामीलाई सेवा दिन सक्ने भएपनि जनशक्ति अभावले पूर्ण रुपमा सञ्चालनमा आउन नसेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. विकास गौचनले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा चिकित्सक र नर्स कर्मचारीको अभाव छ । ‘गण्डकी प्रदेश सरकारले डायलासिस सेवाको पर्खाइमा रहेकाको संख्या शून्यमा झार्ने योजना भएपनि हाम्रो अस्पतालमा जनशक्ति अपुग छ,’ डाक्टर गौचनले भन्नुभयो ।

    अस्पतालमा सेवा विस्तार गर्न नर्सिङतर्फ २० जनाको माग गरिए पनि सो जनशक्तिबाट वार्ड, आकस्मिक कक्षसमेत सञ्चालन गर्नुपर्ने बाध्यता रहेको डा. गौचनले बताउनुभयो ।

    गौचनका अनुसार आगामी असोज १ गतेदेखि नयाँ कर्मचारी भर्ना गरेपनि अझै १० जना नर्स आवश्यक भएको उहाँले बताउनुभयो । अस्पतालले डायलासिससहित अन्य सेवा सञ्चालनका लागि ३५ नयाँ कर्मचारी माग गरेको हो । यसमा चिकित्सक, नर्स, प्रयोगशाला, फार्मेसीलगायतका छन् ।

    अस्पतालमा मिर्गौला रोगका बिरामीको संख्या बढ्दै जाँदा डायलासिस सेवा लिने बिरामीको संख्या बढ्दो छ तर स्वास्थ्य उपकरण सीमित छन् । प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका अनुसार हाल प्रदेशका ५ सय ७६ बिरामीले डायलासिसको सेवा लिइरहेका छन् । त्यसैगरी ३ सय जना सेवाको पर्खाइमा रहेको र निजी अस्पतालमा महँगो शुल्क तिनुपर्ने बाध्यतामा रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालमा बढ्दो पपुलिज्म: जनआकांक्षा, राजनीति र लोकतन्त्रको भविष्य
    हिमाली भू-भागका स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना
    आज २०८२ चैत ०३ गते मङ्गलबार तपाइको आजको राशिफल’
    ताजा अपडेट
    • नेपालमा बढ्दो पपुलिज्म: जनआकांक्षा, राजनीति र लोकतन्त्रको भविष्य
    • हिमाली भू-भागका स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना
    • आज २०८२ चैत ०३ गते मङ्गलबार तपाइको आजको राशिफल’
    • नेपालमा कम्युनिस्ट आन्दोलनको पुनरोदय किन र कसरी ?
    • पशुपतिनाथ मन्दिर: इतिहास, आस्था र नेपालको सांस्कृतिक पहिचानको केन्द्र

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.