• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हरायो उपराष्ट्रपति यादवले शिलान्यास गर्नुभएको पुल


  •    संवाददाता/ बिहिबार, भदौ १४, २०८०  

  • अहिले वर्षाको समय देशका धेरै स्थानहरू अहिले नागरिकहरूले खोला नदीहरूमा पुल नहुदाँ निकै सास्ती भोगिरहेका छन्। कतिपय स्थानहरूमा पुल बगाएका छन्, कतिपय स्थानमा वर्षौँदेखि निर्माण अधुरै छन् भने कतिपय स्थानमा पुल निर्माण नै हुन सकेको छैन।

    यस्तै समस्या बारा जीतपुर-सिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगर, रघुनाथपुरमा पनि छ। वर्षौँदेखि यसै गाउँ जोड्ने पसाह नदीमा पुल निर्माण नहुदाँ यहाँका नागरिकहरूले सास्ती भोग्दै आएका छन्। वडा नम्बर १७ मा जैतापुर र रामनगर जोड्ने पसाहा नदीमा पुल नबन्दा नागरिकहरूले सास्ती भोगिरहेका छन्।

    नदीमा पुल नबन्दा यहाँका नागरिकहरू आफ्नै पालिकाको केन्द्र मात्र होइन वडा कार्यालयको सेवाबाट बञ्चित हुन बाध्य भएका छन्। पुल नहुदाँ बर्सातको समय नदीमा बाढी आएपछि रामनगर र रघुनाथपुरका झण्डै ६ सय घरधुरी उपमहानगरपालिकाको केन्द्र जीतपुरसँग र स्वयं वडा कार्यालयसँग समेत सम्बन्ध विच्छेद हुने स्थानीयहरू बताउँछन्‌। नदीमा बाढी आएपछि बर्षातको समयमा हलुका सवारी साधनहरू समेत आवतजावतमा निकै समस्या हुने स्थानीयहरू बताउँछन्‌।

    खोलामा बाढी आएपछि वडाको सामान्य सिफारीस लिन पनि पूर्वपश्चिम राजमार्ग हुँदै झण्डै २५ किलोमिटर भन्दा बढिको यात्रा गरे जानुपर्ने बाध्यता रहेको स्थानीय समाजसेवी महेन्द्र प्रकाश विमली बताउनुभयो। आफ्नो झण्डै ७५ वर्ष उमेर भयो खोलामा पुल तरेर यात्रा गर्ने अझै पुरा हुन सकेको छैन। विमलीले भन्नुभयो‘ धेरै नेता र सांसदलाई जिताएर पठायौ आश्वासन मात्र पाइयो तर पुल बनेन।’ उहाँको गुनासो छ।

    पुल नहुदाँ यहाँ रहेको उच्च माविमा समेत प्रभाव पर्ने गरेको छ। ठुलो वर्षा र खोलामा बाढी आएपछि विद्यार्थीहरू पनि उपस्थिति कमी हुने र पठाउने कतिपय शिक्षकहरूमा उपस्थित हुन कठिनाइ हुनै नेरामाविका प्रधानाध्यापक सुरेन्द्र चौरसियाले बताउनुभयो। विद्यालयमा अध्ययन गर्न अन्य गाउँहरूबाट पनि आउने गरेको र धेरै शिक्षक शिक्षिकाहरू पनि बाहिरबाट आउने भएकाले वर्षाको महिना समस्या हुने प्रअ चौरसियाको भनाई छ।

    आफू वडाअध्यक्ष हुँदा समेत पटक पटक क्षेत्र सांसद, पूर्वमन्त्री र स्वयं नगरपालिकाको नेतृत्वसँग समस्या बारे जानकारी गराउँदा समेत व्यवस्था गरेको वडा नम्बर १७ का निवर्तमान वडाअध्यक्ष नवराज बहादुर खड्काले बताउनुभयो। वर्तमान वडाअध्यक्ष भीम बहादुर गन्तानको पनि गुनासो उस्तै छ। यसै टोलमा घर भएका वडाअध्यक्ष गन्तान पनि नदीकै कारण कयौं पटक वडामा कामकाज गर्न जानै नपाएको गुनासो सुनाउनुभयो। सरोकारवाला निकायका सबै यो समस्याका बारे जानकार छन् तर काम हुन नसकेको गुनासो वडाअध्यक्ष गन्तानले गर्नुभयो। उता जीतपुर-सिमराका मेयर राजन पौडेल पनि समस्याबारे जानकार हुनुहुन्छ। उहाँले पनि सडक डिभिजन र मन्त्रालयमा एकदुई पटक पहल गरेको छिटै टेन्डर हुने आश्वासन पाइयो। तर काम हुन नसक्दा आफू पनि लज्जित भएको बताउनुभयो। पुल निर्माणका लागि फेरी थप पहल गर्ने प्रतिबद्धता उहाँको छ।

    पुल निर्माणका लागि टेन्डर नभएपनि पुलको शिलान्यास भने गत वर्ष नै भइसकेको छ। पुल शिलान्यास भएको एक वर्ष भयो तर न त पुलको ठेक्का नै लागेको छ, न त पुल बन्ने सुरसार नै छ। गतवर्ष असोज ९ गते तत्कालीन बारा २ सांसद एवम् हालका उपराष्ट्रपति रामसहाय यादवले सोही पुलको शिलान्यास गर्नुभएको थियो। गत मङ्सिरमा सम्पन्न आम निर्वाचनलाई लक्षित गरेर भोट बटुल्नका लागि सोही क्षेत्रका तत्कालीन सांसद एवम् जसपा प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले नै उक्त पुलको शिलान्यास गराउनु भएको थियो।

    सडक विभागको पुल शाखाले गत असोज ४ गते जैतापुर र रामनगर जोड्न पसाहा नदिमा पुल १६५ मिटर लम्बाइ दुई लेन गरि करिव ४० करोडको लागतमा निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो। तर ठेक्का साकार नहुँदै हतार हतारमा पुल शिलान्यास गर्नु चुनावका लागि जनतालाई झुक्याउने काम मात्र भएको रामनगरका स्थानीय अगुवा परशुराम दाहालले बताउनुभयो। विभागले निकालेको उक्त टेन्डर उपर कुनैपनि बिड नभएपछि फेरी ठेक्का नै भएको छैन। वर्षामा बाढीले डुबान हुने र हिलो अनि सुक्खायाममा बालुवा र धुलोका कारण हैरानी खेप्नु पर्ने बाध्यता रहेको वडा नं. १७ रामनगरका समाजसेवी अगुवा चुडाहरि अधिकारीको गुनासो छ।

    सडक विभाग अन्तरगत डिभिजन सडक कार्यालयका बारा जिल्ला हेर्ने इन्जिनियर रमेश पाण्डेयका अनुसार आफूलाई प्राप्त प्रारम्भिक जानकारी अनुसार बजेट सुनिश्चिता नभएकाले अर्थ मन्त्रालयले गत वर्ष टेन्डर प्रक्रिया रोकिदिएको हो। यो वर्ष टेन्डर प्रक्रियामा जाने सम्भावना रहेको पाण्डेको भनाई छ।

    चुनावका बेला पुल बनाइदिने भन्दै आश्वासन दिदैँ यी गाउँवासीसँग मत लिएर जाने तर जितेपछि नाकमुख नै देखाउन नआउने भन्दै रामनगर रघुनाथपुरवासी सांसदहरू प्रति पनि आक्रोशित छन्। गत सम्पन्न संघ तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेकी पूर्वमन्त्री ज्वाला कुमारी साह यसै क्षेत्रबाट निर्वाचित हुनुभएको छ भने प्रदेशसभा तर्फ पनि एमालेकै रवीन्द्रदास श्रेष्ठ निर्वाचित हुनुभएको छ छन्।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.