हेलम्बु गाउँपालिका-४ स्थित श्री सरस्वती माध्यामिक विद्यालयमा बाढीले प्रभावित पारेको कारण मेलम्ची नदिले विद्यालयको विभिन्न भौतिक संरचना बगाएर लगेपछि खानेपानी, शौचालय तथा खेल मैलदानको अभाव भएको छ ।
मेलम्ची खोलमा भदौ ९ गतेदेखि आएको बाढीले विद्यालयको दुई ओटा भवन बगाएको थियो भने खेल मैदान, शौचालय, पानीका पाइपहरू ध्वस्त बनाएको श्री सरस्वती माविका प्रधानाध्यापक उमाप्रसाद घोरासैनिले बताउनु भयो ।विद्यार्थिहरूको पठनपाठन सुचारु गर्नको लागि बाढीले बगाएर बाँकी रहेका भवनहरूमा भदौ ११ गतेदेखि कक्षा सञ्चालन गरिएको छ । यस विद्यालयमा ३ सय ५१ जना विद्यार्थीहरू छन् ।
बाढीले प्रभावित पाररेको स्थलको अनुगमनको क्रमका विद्यालयमा खानेपानी र शौचालयमात्र होइन बालमैत्रि कक्षाकोठाको अभाव देखिएको छ भने बालबालिकाहरूलाई मनोपरामर्श र खेलमैदनको समेत तत्काल आवश्यकता रहेको छ ।विद्यालयमा खानेपानीको व्यवस्था छिट्टै गरिने हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन लामाले बताउनु भयो । विद्यालयमा अस्थायी शौचालयको व्यवस्था गर्न नेपाल रेडक्रस सोसाइटीले बचन दिएको विद्यालयका प्रधानाध्यापक उमाप्रसाद घोरासैनिले जानकारी दिनुभयो ।