एमसीसी परियोजना खारेजीको माग गर्दै ‘गो ब्याक एमसीसी’ का नाराहरूको भित्ते लेखन गरेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, काभ्रेका तीन जना नेताहरूलाई प्रहरीले भदौ १२ गते गिरफ्तार गरेको छ । प्रहरी गिरफ्तारीमा पर्नेहरूमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ढोगप्रसाद अधिकारी, प्रदेश सदस्य असल मोक्तान र जिल्ला सदस्य मेजरमान थिङ रहेका छन् ।
प्रहरीले उहाँहरूलाई भदौ १२ गते भित्ते लेखन गरिरहेको अवस्थामा २८ किलो भन्ने ठाउँबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख भग्यपुरुष ढकालले जानकारी दिनुभयो । प्रमुख ढकालका अनुसार पक्राउ परेकाहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।








