• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कर्णाली ६ जिल्लामा क्षमताभन्दा बढी कैदीबन्दी

"हुम्ला र मुगु जिल्लामा कारागार छैनन् । जुम्ला र डोल्पा बाहेक अन्य ६ जिल्लामा क्षमताभन्दा बढी कैदीबन्दी "

  •     अभियान हाम्रो/ बुधबार, भदौ १३, २०८०  

  • कर्णाली प्रदेशका १० जिल्ला मध्य दुई जिल्लामा अझै पनि कारागार छैनन् । हुम्ला र मुगु जिल्लामा कारागार छैनन् । जुम्ला र डोल्पा बाहेक अन्य ६ जिल्लामा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । हुम्लाका कैदीबन्दीलाई नेपालगञ्ज र सुर्खेत, मगुुका कैदीबन्दीलाई जुम्ला पठाउने गरिएको छ । सुर्खेत, दैलेख र जुम्लामा कारागारका नयाँ भवन बनेका छन् । अन्य पाँच जिल्लामा भने पुरानै जीर्ण भवनमा कैदीबन्दी बस्न बाध्य भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार क्षमताभन्दा कम कैदीबन्दी जुम्ला र डोल्पामा मात्रै छन् । जुम्लामा दुई सय जनाको क्षमता रहेको छ भने हाल १ सय २२ जना मात्रै छन् । त्यस्तै डोल्पामा १ सय ५० जना क्षमता रहेकोमा १९ जना मात्रै बस्ने गरेका छन् ।

    प्रदेश राजधानी समेत रहेको सुर्खेत कारागारमा ७० जना पुरुष र ३० जना महिला गरी एक सय जना कैदीबन्दीको क्षमता हो । तर, भदौ १२ गतेसम्म ३ सय ८५ जना पुरुष र ४१ जना महिला गरी चार सय २६ जना कैदीबन्दी रहेको सुर्खेत कारागार व्यवस्थापन कार्यालयका प्रशासक लक्ष्मी खरेलले जानकारी दिनुभयो । सय जनाको क्षमतामा चार सय जना बसाउँदा त्यति असहज नभएको उहाँले बताउनुभयो । ‘नयाँ भवन बनेपछि पहिलेजस्तो समस्या भएको छैन । महिला बन्दी गृह एकदम राम्रो छ । पुरुष बन्दी गृहमा  समस्या छ, । ‘खासै ठुलो समस्या भने पैदा भएको छैन ।’ प्रशासक खरेलले भन्नुभयो ।

    त्यस्तै गरी , जाजरकोटमा ३५ जनाको क्षमतामा ६७ जना कैदीबन्दी रहेको कारागार व्यवस्थापन कार्यालय जाजरकोटका प्रशासक चन्द्रबहादुर गिरीले जानकारी दिनुभयो । कारागारमा क्षमताभन्दा बढी कैदी हुँदा खेलकुद, शौचालय र खानेपानीको समस्या हुने गरेको गिरीले बताउँनुभयो । कालिकोटमा २५ जनाको क्षमता रहेको कारगारमा ४४ जना कैदीबन्दी बस्छन् । सल्यानमा ३५ जनाको क्षमता भएको कारागारमा १२८ जना, रुकुमपश्चिममा २५ जनाको क्षमता रहेकोमा १४६ जना र दैलेखमा १३० जनाको क्षमतामा १ सय ४७ जना कैदीबन्दी बस्ने गरेका छन् । कतिपय कारागारका भवन त जीर्ण अवस्थामा रहेका छन् ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सन् २०२३ मा प्रकाशित गरेको नेपाल मानव अधिकार वर्ष पुस्तकमा कारागार नभएको हुम्लामा केही बैदीबन्दीहरुलाई प्रहरीको हिरासतमा राखेको उल्लेख गरिएको छ । कतिपय जिल्लाका कारागार भवन जीर्ण हुँदा स्वास्थ्य र सुरक्षा संवेदनशिलतामा समेत जोखिम बढेको छ । नेपाल सरकारले कारागारलाई सुधार गृहका रुपमा सुधार गर्ने भनेपनि कर्णालीका अधिकांश जिल्लामा कैदीबन्दीले त्यसको अनुभूति गर्न पाएका छैनन् । सरकारले कारागारलाई सुधार गृहको परिकल्पना गरेपनि त्यसमा सुधार आउन नसकेको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले बताउनुभयो ।

    ‘सरकारले कारागारलाई सुधार गृहका रुपमा अगाडि बढाउने योजना ल्याएपनि कर्णालीमा त्यसको सुधार भएको देखिदैन । क्षमता भन्दा बढी राखेकै कारण स्वास्थ्यदेखि अन्य सवालमा समेत समस्या देखिएको छ’ । संयोजक सुवेदीले भन्नुभयो । विभिन्न सिपमुलक तालिम र सचेतना जगाउने कार्यक्रम नहुँदा कैदीबन्दीको मानव अधिकारको हनन् भइरहेको छ । राज्यले कारागार सुधारमा ध्यान दिन जरुरी रहेको उहाँको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.