• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, मङि्सर २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बेड अभाव भएसँगै अस्पतालमा भर्ना भएका बिरामीलाई भुँईँमै राखेर उपचार गर्नुपर्ने बाध्यता

"बेड अभाव भएसँगै अस्पतालमा भर्ना भएका बिरामीलाई भुँईँमै राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनले जनाएको छ । "

  •     अभियान हाम्रो/ बुधबार, भदौ १३, २०८०  

  • बेड अभाव भएसँगै अस्पतालमा भर्ना भएका बिरामीलाई भुँईँमै राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनले जनाएको छ ।

    पछिल्लो समय  अस्पतालमा डेङ्गी, ज्वरो र स्क्रवटाइफसका बिरामी बढेपछि ‘बेड’ अभाव भएको र इमरजेन्सीमा आएका बिरामीलाई भुईँमै राखेर उपचार गर्नु परेको अस्पतालका इमरजेन्सी इञ्चार्ज टिका लुइँटेलले बताउनु भयो । उहाँले भन्नुभयो-अहिले दैनिकजसो ७० देखि ८० जनाको सङ्ख्यामा इमरजेन्सीमा बिरामीहरू आउने गरेका छन्, डेङ्गी, स्क्रवटाइफस र भाइरल ज्वरोका बिरामीको चाप उच्च छ । ‘जीउ दुख्ने, हातखुट्टा करकर खाने, आँखाका दाना दुख्ने, प्रेसर कम हुने, ज्वरो अत्यधिक आउने लक्षणहरू हुन्छ’ लुइँटेलले भन्नुभयो, ‘अस्पतालमा राखेरै उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई भुईँमै भएपनि उपचार गरिरहेका छौँ ।’

    अस्पतालको ओपीडीमा दैनिक ३ सय ७५ जनासम्म बिरामी आउने गरेको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताउनु भयो । ‘इमरजेन्सीमा जम्मा ११ ओटा बेड छन् । इमरजेन्सीमै आएका बिरामीलाई बेड नपुगेपछि भुईँमै राखेर पनि सेवा दिइएको छ’ व्यवस्थापक खतिवडाले भन्नु भयो, ‘ओपीडीमा पनि बिरामीको सङ्ख्या थामिनसक्नु छ । जसोतसो धान्नु परेको छ ।’ व्यवस्थापक खतिवडाले ०८० साउन महिना र भदौ १० गते सम्ममा जाँच गराउन आएका मध्ये ४१ जनामा डेङ्गु पुष्टि भएको छ । सोही अवधिमा २४ जनामा स्क्रवटाइफस देखिएको छ । यीमध्ये डेङ्गुका १० जना र स्कपटाइफसका पाँच जना बिरामी भने अस्पतालमै भर्ना भएर उपचार गराएका छन् ।

    जिल्लाको फाकफोकथुम गाउँपालिकाबाट उपचारका लागि आउनु भएकी माया थेवेले बेड नपाउँदा असहज भएको बताउनुभयो । उहाँले भन्नुभयो-ज्वरोले सिकिस्त पारेर अस्पताल आएको भुईँको चिसोले ज्यानै लैजाला जस्तो छ ।’ बिरामीको चाप रहेपनि उपचार गर्न आउनेलाई अस्पतालमै उपचार गरिरहेको र अन्यत्र रेफर नगरिएको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाको भनाइ छ ।

    जिल्लामा हालसम्म २ सय ३ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.