• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मानव अधिकारकर्मी टेकनाथ बरालको ८५ वर्षको उमेरमा निधन

"पोखरामा रही मानव अधिकार तथा सामाजिक न्यायका सवालमा विगत ५ दशकदेखि निरन्तर क्रियाशील मानव अधिकारकर्मी टेकनाथ बरालको ८५ वर्षको उमेरमा भदौ १२ गते  निधन "

  •     अभियान हाम्रो/ मङ्गलबार, भदौ १२, २०८०  

  • पोखरामा रही मानव अधिकार तथा सामाजिक न्यायका सवालमा विगत ५ दशकदेखि निरन्तर क्रियाशील मानव अधिकारकर्मी टेकनाथ बरालको ८५ वर्षको उमेरमा भदौ १२ गते  निधन भएको छ ।

    स्व. बराल सशस्त्र द्वन्द्वको समयमा पोखरामा स्थापना भएको नागरिक समाजको सञ्जालका एकजना संस्थापक तथा पूर्व संयोजकका साथै महिलाविरुद्धको हिंसा, दाइजो विरोधी अभियान, असमानता तथा कुरीतिविरुद्धका सामाजिक पहलका साथै विभिन्न किसिमका विभेदविरुद्ध क्रियाशील हुनुहुन्थ्यो । सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार तथा मानवीय कानुनको उल्लङ्घनका घटनाको अनुगमन, लोकतन्त्रको स्थापनाका लागि भएको आन्दोलन, द्वन्द्वपीडितका अधिकारका सवालमा उहाँले भूमिका निर्वाह गर्नुभएको थियो ।

    इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको प्रकाश मानव अधिकार पुरस्कारबाट २०६२ सालमा उहाँलाई इन्सेकले सम्मानित गरेको थियो ।

    इन्सेकले एक विज्ञप्ति प्रकाशन गरी श्री बरालको निधनप्रति दुःख व्यक्त गरेको छ । इन्सेकको अध्यक्ष डा. कुन्दन अर्यालद्वरा हस्ताक्षरित वक्तव्यमा मानव अधिकारको क्षेत्रमा स्व. बरालले पुर्‍याउनु भएको योगदानका कारण उहाँ सधैँ नेपाली समाजको स्मरणमा रही रहनु हुने उल्लेख छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.