• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

चिकित्सकको लापरबाहीका कारण ६ वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु

"चिकित्सकको लापरबाहीका कारण ६ वर्षीया बालिकाको उपचारको क्रममा भदौ ११ गते मृत्यु  "

  •     अभियान हाम्रो/ मङ्गलबार, भदौ १२, २०८०  

  • चिकित्सकको लापरबाहीका कारण ६ वर्षीया बालिकाको उपचारको क्रममा भदौ ११ गते मृत्यु  भएको छ । घटना पछि मृतक पक्षले  गुल्मी अस्पताल, तम्घासमा आन्दोलन गरेका छन् । अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–७ भगवतीकी प्रसंसा मरासिनीको चिकित्सकको लापरबाही कारणले मृत्यु भएको भन्दै पीडित पक्षले अस्पतालमा आन्दोलन सुरू गरेका छन् ।

    बालिकालाई पेट दुख्ने र बान्ता हुने समस्या भएपछि भदौ ११ गते गुल्मी अस्पताल तम्घासमा भर्ना गरिएको थियो । भदौ ६ बजे सुईबाट एण्टिबायोटिक दिएको केहिबेरमै छोरीको मृत्यु भएको बुबा राजेश मरासिनीले गुनासो गर्नुभयो । “सुई लगाउने बित्तिकै छोरीलाई अप्ठ्यारो भएपछि समयमा डाक्टरहरू नआएका कारण छोरीको अकालमा मृत्यु भयो ।” मृतकका बुवाले आरोप लगाउनुभयो ।  ‘चिया बिस्कुट माग्ने र हिडडुल गर्ने छोरीको सुई लगाएको १५ मिनेटमै मृत्यु भयो ।,’मरासिनीले भन्नुभयो ।

    अस्पतालका निमित्त प्रमुख डाक्टर राजेन्द्रबहादुर जिसीले बालिकाको रिर्पोटहरू सबै सामान्य भएपनि बिहान एण्टिबाइटिक दिनेबित्तिकै थप समस्या देखिएर मृत्यु भएको स्वीकार गर्नुभयो । अस्पताल विकास समितीका अध्यक्ष गोपाल पाण्डेयले घटनाको सत्यतथ्य छानविन गरेर पीडितलाई न्याय दिनुपर्नेमा जोड दिनुभयो । नागरिक समाज गुल्मीका संयोजक पदम पाण्डेयले बालिकाको स्वास्थ्य थप गम्भिर समस्या देखिएपछि पनि डियुटीमा रहेका चिकित्सकहरूको लापरबाहीले मृत्यु भएको बताउनु भयो ।

    रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले आन्दोलन भन्दा पनि बार्ता र सम्वादका माध्यमबाट सत्यतथ्य बाहिर ल्याएर बालिकाको परिवारसहित आम नागरिकको अस्पतालप्रतिको विश्वास कायम राख्नुपर्ने बताउनु भयो । जिल्ला प्रशासन कार्यालयमा सबै सरोकारवाला बसेर परिवार र अस्पतालसँग छलफल तथा छानविन समिति निर्माण गर्ने तयारीमा रहेको छ । अस्पतालमा तनाव सृजना भएका कारण अस्पतालको ओपिडी सेवा पनि बन्द भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.