• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

शान्तिसोया आधारभूत विद्यालयको भवन पहिरोले भत्काएपछि पठनपाठनमा समस्या

"हतुवागढी गाउँपालिका-५ स्थित शान्तिसोया आधारभूत विद्यालयको भवन पहिरोले भत्काएपछि पठनपाठनमा समस्या "

  •     अभियान हाम्रो/ मङ्गलबार, भदौ १२, २०८०  

  • हतुवागढी गाउँपालिका-५ स्थित शान्तिसोया आधारभूत विद्यालयको भवन पहिरोले भत्काएपछि पठनपाठनमा समस्या भएको छ ।

    Photo 20230829 Bhojhapur (3)

    विद्यालयको शिशु कक्षा र दिवा खाजा बनाउने कोठा ०८० भदौ ८ गते खसेको पहिरोले भत्काएपछि पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक ज्ञानराज खुलालले बताउनु भयो ।

    प्रअ खुलालले भन्नुभयो ‘भदौ ८ गतेको वर्षातले भवन भत्किएको छ । शिशु कक्षा र दिवा खाजा बनाउने कोठा पूर्णरूपमा क्षति हुँदा पठनपाठनमा समस्या छ । वर्षातको कारण अन्य कक्षा कोठासमेत चर्किएका छन् ।’ बालबालिकाहरुलाई जोखिम मोलेर पढाउनु पर्ने बाध्यता छ । पहिरोले विद्यालय भवन भत्काउँदा शान्तिसोया आधारभूत विद्यालयमा अध्ययनरत २ सय ६ जना बालबालिकाको पठनपाठन प्रभावित भएको प्रधानाध्यापक ज्ञानराज खुलालको भनाइ छ ।

    Photo 20230829 Bhojhapur (6)

    हतुवागढी गाउँपालिका-१ मा स्थित भीमेश्वरी आधारभूत विद्यालयमा समेत पहिरोले क्षति पुर्‍याएको छ । वर्षातले विद्यालयको कम्पाउण्डवाल भत्किएको प्रधानाध्यापक हर्कराज प्रधानले बताउनुभयो । ‘विद्यालय कम्पाउण्डको २० मिटर मेसेनरी वाल भत्किएको छ ।’ प्रधानाध्यापक प्रधानले भन्नुभयो ‘विद्यालयको कम्पाउण्ड वाल भत्किएसँगै विद्यालय भवन समेत जोखिममा परेको छ । कतिबेला भत्किने हो, टुङ्गो छैन । जोखिम मोलेर पढाउन बाध्य छौँ ।’

    विद्यालयको पर्खाल भत्किएको जानकारी पाउनसाथ स्थलगत रूपमा अनुगमन गरिएको हतुवागढी गाउँपालिका-१ का वडाध्यक्ष कुमार विष्टले बताउनु भयो । पर्खाल भत्किएसँगै पठनपाठनमा समेत समस्या भएको वडाध्यक्ष विष्टले बताउनु भयो । निरन्तरको वर्षातले गाउँपालिका भित्रका दुई ओटा विद्यालय, विभिन्न ठाउँमा खसेको पहिरोले सडक अवरूद्ध हुँदा एम्बुलेन्सलगायतका सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ ।

    Photo 20230829 Bhojhapur (7)

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.