• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रसुवाको विभिन्न गाउँमा वर्षातका कारण ज्येष्ठ नागरिक बढी जोखिममा

"गाउँमा घरमाथिबाट आएको पहिरोको कारण कालिका गाउँपालिका-२ का ज्येष्ठ नागरिक ८९ वर्षीय दिपबहादुर थापामगरको घर भत्केपछि उक्त दम्पती छिमेकीको घरमा शरण "

  •     अभियान हाम्रो/ मङ्गलबार, भदौ १२, २०८०  

  • रसुवाको विभिन्न गाउँमा वर्षातका कारण ज्येष्ठ नागरिक बढी जोखिममा परेका छन् । गाउँमा घरमाथिबाट आएको पहिरोको कारण कालिका गाउँपालिका-२ का ज्येष्ठ नागरिक ८९ वर्षीय दिपबहादुर थापामगरको घर भत्केपछि उक्त दम्पती छिमेकीको घरमा शरण लिन पुगेका छन् ।

    वर्षातले आफू र पत्नी मात्र बस्दै आएको घरमा माथिबाट पहिरो आएपछि भागेर बाँचेको थापाले बताउनु भयो । राहतको लागि कालिका गाउँपालिकाको कार्यालय पुग्दा पातलो प्लाष्टिक मात्र पाएको थापाले गुनासो गर्नुभयो ।

    Photo_080-5-12_Rasuwa

    त्यसैगरी कालिका गाउँपालिका-३, तारुकेकी ज्येष्ठ नागरिक ७९ वर्षीया जानुका ढकालको घरमाथिबाट आएको पहिरोले जोखिममा परेको छ । वर्षातको पानीले घरमाथिबाट डाँडा भत्केपछि घर जोखिममा परेको र रोकथामका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपनि कुनै वास्ता नभएको ढकालले बताउनु भयो ।

    त्यस्तै गरी कालिका गाउँपालिका-३, धारापानीका ज्येष्ठ नागरिक ७८ वर्षीया हिरादेवी ढकाल, ८३ वर्षीय इन्द्रप्रसाद रिजालको घर पहिरोले जोखिममा रहेकोले बस्ती स्थानान्तरण गर्नुपर्ने कालिका गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष फणिन्द्र प्रसाद न्यौपानेले बताउनु भयो । त्यहाँ पहिरोले पाँच घरमा पहिरोले क्षति पुर्‍याएको बस्ती स्थानान्तरणका लागि सिफारिस गरेको अध्यक्ष तामाङले बताउनु भयो । पहिरोले घरमाथि जमिन भासिएको छ । कुन बेला पहिरो खस्छ भनेर रातभर जागै बस्ने गरेका छन् । बस्ती स्थानान्तरणका लागि स्थानीय तहको निर्णय र सिफारिस साथ जिल्ला विपद् व्यवस्थापन समितिमा अनुरोध गरेपनि सुनुवाइ नभएको स्थानीय कृष्ण ढकालले जानकारी दिनुभयो ।

    निरन्तर परेको वर्षाले नौकुण्ड गाउँपालिका-१, यार्साकी ज्येष्ठ नागरिक ७९ वर्षीया बिममाया तामाङको घर भत्केको छ भने पिँढी चर्केको छ । घरमा बस्न नहुने भएपछि नजिकैको आफन्तको घरमा बस्न थालेको ताकाङले बताउनु भयो ।त्यसैगरी नौकुण्ड गाउँपालिका जोड्ने सिम्ले-भोर्ले-पार्च्याङ सडक चार दिनदेखि अवरुद्ध हुँदा नियमित बस तथा मालबाहक गाडी मात्र होइन बिरामीका लागि आपतकालीन उपचारका लागि अस्पताल लैजाने एम्बुलेन्स आवत जावतमा समेत समस्या भएको छ । निरन्तर वर्षात भइरहेको र वर्षात कम भएपछि मात्र बाटो खुलाउने नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्र तामाङले जानकारी दिनुभयो ।

    वर्षातले नौकुण्ड गाउँपालिका-६ को गाउँमाथिबाट डाँडा भासिएको पहिरोले गरिगाङ, गाङम्राङ, सिमटोल, कुनाटोलका २६ घर जोखिममा परेको स्थानीय रमेश तामाङले इन्सेकलाई जानकारी दिनुभयो । नौकुण्ड गाउँपालिका-२, युब्रामा रहेको १ सय ४० घरपरिवार पहिरोको जोखिममा रहेको छ । वर्षात लागेपछि पहिरो कतिबेला गाउँ बगाउँछ भन्ने त्रासमा रातभर जाग्राम बाँच्नु परेको स्थानीयले गुनासो गरेका छन् ।युब्रा गाउँका हर्कबहादुर तामाङले भन्नुभयो, ‘वर्षात लागेपनि रातभर निन्द्रा लाग्दैन गाउँ वरिपरि पहिरोले घेरेको छ । रातभर पानी पर्न थालेकोले आज भोली निन्द्रा लाग्दैन । गत वर्ष पनि त्रासमा बित्यो यसवर्ष पनि वर्षात लागेपछि रातभर डर त्रासमा बस्नुपर्छ । हाम्रो समस्याको समाधान कसैले गर्ने प्रयास गरेनन् ।’

    Photo_080-5-12_Rasuwa3

    त्यहाँको विद्यार्थी पढ्ने एकमात्र भूमेदेवी आधारभूत विद्यालयसमेत जोखिममा रहेको स्थानीय गणेशमान लामा बताउनु भयो । ०७२ को भूकम्पको समयमा पहिरो जान सुरु भएको हो । गाउँमा सडक खनियो तर नाली बन्न नसक्दा वर्षातको भेल एकत्रित भएर गाउँ बगाउने त्रासमा बाँच्नु परेको लामाले बताउनु भयो ।पहिरो गएर बस्ती जोखिममा परेपनि उनिहरू गाउँ छाड्न तयार छैनन् । गत वर्षको वर्षा युब्राबासीले त्रासमा नै बिताए । तर यो वर्ष गाउँमाथिबाट नै पहिरो खसेपछि युब्राका १ सय ४० घरपरिवार सुरक्षित स्थानको खोजीमा लागेका छन् । यहाँका दुई परिवार अपाङ्गता भएका, तीन परिवार ज्येष्ठ नागरिक र चार परिवार एकल महिला रहेका छन् ।

    गाउँभन्दा तलबाट ठूलो पहिरो आएपछि गाउँ छाड्नुको बिकल्प नभएको युब्राका स्थानीय गणेश लामाले गाउँमा निर्माण भएको नयाँ सडकमा समयमा नै नाला निर्माण गर्न नसक्दा समस्या आएको उल्लेख गर्नुभयो ।आमाछोदिङमो गाउँपालिका-१ को हाकुबेशीबाट पाङलिङहुँदै सानोहाकु जाने सडक अवरुद्ध हुँदा खाद्यन्न तथा निर्माण सामग्री गाउँसम्म पुर्‍याउन कठिन भएको छ । यस वर्ष वर्षात बढी भएकोले ठूलो समस्या परेको छ । नियमित बस मात्र नभइ बिरामीलाइ अस्पताल लैजान एम्बुलेन्स समेत पुग्न कठिन भएको स्थानीय सोम तामाङले बताउनु भयो । उत्तरगया गाउँपालिकाको करुमर्‍याङ, तिरु, गोगने, मैलुङलगायतका गाउँमा पहिरोले सडक अवरुद्ध पारेको छ ।

    नेपालको संविधानको मौलिक हकको धारा ३७ मा नागरिकको आवासको हकसम्बन्धी कुरा उल्लेख छ । यहाँका ज्येष्ठ नागरिकको हक धारा ४१ र सामाजिक सुरक्षाको हक धारा ४३ मा समेत उल्लेख गरिएको छ । आवासको अधिकारसम्बन्धी ऐन २०७५ को धारा ४ को १ मा नागरिकको आवासको अधिकारको सम्मान गर्नुपर्ने, नागरिकलाई आफ्नो आवासको शान्तिपूर्ण, निर्वाध रुपले उपभोग गर्न दिनुपर्ने र २ मा कुनैपनि नागरिकलाई कुनै पनि अवस्थामा आवासको अधिकारबाट वञ्चित गर्न नहुने उल्लेख छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.