• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

करारका कर्मचारीले वडा कार्यालयमा तालाबन्दी

"मेन्छयायेम गाउँपालिका-१ मा कार्यरत करारका कर्मचारी खेमनाथ गौतमलाई गाउँपालिकाले हटाएको विरोधमा करारका कर्मचारीले वडा कार्यालयमा तालाबन्दी "

  •     अभियान हाम्रो/ मङ्गलबार, भदौ १२, २०८०  

  • मेन्छयायेम गाउँपालिका-१ मा कार्यरत करारका कर्मचारी खेमनाथ गौतमलाई गाउँपालिकाले हटाएको विरोधमा करारका कर्मचारीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । करारका कर्मचारी हटाएको विरोधमा करार सेवामा कार्यरत कर्मचारीले मेन्छयायेम गाउँपालिका-१ को वडा कार्यालयमा १५ दिनयता तालाबन्दीलाई जारी राखेका छन् ।

    गाउँपालिकाले ०८० साउन २९ गते करारका कर्मचारी खेमनाथ गौतमको म्याद नवीकरण नगरेपछि सोही मितिदेखि करारका कर्मचारीले मेन्छयायेम गाउँपालिका-१ वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । तालाबन्दी गरेको दुई साता बितेपनि करारका कर्मचारीको आन्दोलन र स्थानीय सरकारले समस्या समाधानका लागि चासो नदिँदा सेवाग्राही समस्यामा परेका छन् । फरक पाटी्र्रमा आस्था राख्ने कर्मचारी राजनीतिक पूर्वाग्राही सोच राखेको आरोपमा नेपाली कांग्रेस मेन्छयायेम गाउँपालिका-१ समिति  र नेकपा माओवादी केन्द्र मेन्छयायेम गाउँपालिका-१ कमिटिले साउन २९ गते वडा कार्यालयमा ताला लगाएको  गाउँपालिका उपाध्यक्ष गीता गौतमले बताउनु भयो । नियमित रूपमा काम गरिरहेकै अवस्थामा करारमा नियुक्त भएका वडाका कर्मचारी खेमनाथ गौतमलाई एक्कासी गाउँपालिकाले हटाएकोले विनाशर्त पुर्नवहाली नगरेसम्म ताला नखुल्ने नेपाली कांग्रेस वडा सभापति जनिकुमार लिम्बूले बताउनु भयो ।

    वडा कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत खेमनाथ गौतम उक्त अवधिमा कार्यालयमा विना जानकारी १६ दिनसम्म हाजिर नभएको हुँदा निजलाई उल्लेखित कार्यविधि अनुसार ०८० भदौ १ गते देखि लागू हुने गरी करार अवधि थप नगरिएको गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङ्गले बताउनु भयो । मेन्छयायेम गाउँपालिकाले समस्या समाधानका लागि प्रेस विज्ञप्ति जारी गरी आन्दोलनरत पक्षसँग सम्वादका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ । आन्दोलनरत पक्ष र स्थानीय सरकारबिच समस्या समाधानका लागि भदौ ८ गते वार्ता भएको भएपनि निश्कर्षमा पुग्न नसकिएको नेपाली कांग्रेस वडा सभापति जनिकुमार लिम्बूले बताउनु भयो । कार्यालय सहयोगी खेमनाथ गौतमको पक्षमा आन्दोलनरत करारका कर्मचारीले करारमा नियुक्त भएका सबै कर्मचारीलाई हटाउन वा गौतमलाई पुर्नवहालीको माग राखेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.