नेवाः खलः कास्कीको आयोजनामा यस वर्ष पनि तायाः मचा नृत्य प्रतियोगिता २०८० हुुने भएको छ । गाईजात्रा पर्वको अवसरमा यही भदौ महिनाको १६ गते विहान पोखरा ११ स्थित रानी पौवामा प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
‘आफ्नो भाषा, संस्कृति र सभ्यताको संरक्षण र संबद्र्धन गरौं’ भन्ने मुलनाराका साथ आयोजना गरिएको प्र्रतियोगिताको नृत्य समय गोला प्रथाद्धार प्रतियोगीहरुले आप्mनो नृत्य समय तय गरि सकेको सोमबार आयोजित पत्रकार संम्मेलन माफर्त नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिनुभयो ।
प्रतियोगितामा विभिन्न टोलका ९ महिला र २१ पुरुष गरि ३० समुहको सहभागिता रहनेछ । कार्यक्रम सफलताका लागि टोल नाँच समितिका अध्यक्ष प्रेम प्रसाद कर्माचार्यको अध्यक्षतामा र ईश्वर प्रसाद कर्माचर्यको मुख्य संयोजकत्वमा २१ जनाको कार्य सम्पादन समिति संयोजकहरु लागि पर्नुभएको छ ।
कार्यक्रमको उद्घाटन पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले गर्नुुहुुनेछ । वि.सं. २०५६साल देखि वार्षिक रुपमा प्रतियोगिताको आयोजना गर्दै आएको अध्यष पालिखेले जानकारी दिनुभयो । प्रतियोगिताको लागि यस वर्षदेखि पोखरा तेर्सापट्टी निवासी तीन दाजुभाई रामकाजी, रविन्द्र र शंकर श्रेष्ठले आप्mना आमाबुबा स्व. हेमकुमार र बालकुमारीको स्मृतिमा रु १० लाख दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रतियोगितामा प्रथम हुन पुरुष समुहलई रु. ३ लाख १ रुपैया महिला समुहलाई रु ४० हजार १ रुपैया रहेको छ । दोस हुने पुरुष समुुहलाई रु. २ लाख १ रुपैयाँ र सान्त्वना हुने पुरुष समुहलाई ३० हजार १ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।








