• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, बैशाख ०६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखराको ऐतिहासिक छब्बिस कुरिया फोटोकथा प्रदर्शनी

"प्रकृति आफैमा सुन्दर छ। यसको सुन्दरतालाई बचाइराख्ने हामी मानवको कर्तब्य हो।  प्रकृति र संस्कृति एक अर्काका परिपुरक हुन्। प्राकृतिक हिसाबले पोखरा सहर धेरै सुन्दर छ। "

  •    अभियान हाम्रो / मङ्गलबार, भदौ १२, २०८०  

  • प्रकृति आफैमा सुन्दर छ। यसको सुन्दरतालाई बचाइराख्ने हामी मानवको कर्तब्य हो।  प्रकृति र संस्कृति एक अर्काका परिपुरक हुन्। प्राकृतिक हिसाबले पोखरा सहर धेरै सुन्दर छ। यो सहरको सुन्दरता भावी सन्ततीलाई बचाइराख्न पहिला यसको इतिहास बारे जानकार हुनुपर्दछ। घले गुरुंग जातीको ऐतिहासिक भुमि कास्की राज्यको पोखरा हालको गण्डकी प्रदेश को राजधानी मात्र नभई एक जीवन्त इतिहास बोकेको भुमि पनि हो।
    १८ औ शताव्दीको शुरूमा तत्कालीन कास्की राज्यका अन्तिम राजा सिद्धिनारायण शाहले भक्तपुर (ख्वप) का अन्तिम राजा रणजीत मल्लदेव संग व्यापार तथा मैत्री सम्झौता गरी २६ कुरिया जग्गा उपलब्ध गराएर भक्तपुर, ललितपुर र काठमाडौंका नेवारहरु ल्याएर बजार सुरुआत गरेको इतिहासविद्हरुले लेखेको पाउँछौं । नेवारहरुमध्ये पनि व्यापारी, शिल्पी, कालीगढहरु बढी थिए जसलाई नेवारी भाषामा नेवा:मी भनिन्छ। । २६ कुरिया अन्तर्गत आउने ठाउँहरु अहिले गणेशटोल, नालामुख, भीमसेनटोल, भैरवटोल, मोहरियाटोल, तेर्सापट्टि टोलको रुपमा स्थापित छन् ।
    रुमा लगभग १५० जनालाई बसोबास गराइएको दस्तावेजमा उल्लेख भएको पाउँछौं । क्रमशः विक्रम संवत् १८२६ मा भक्तपुरका राजा रणजीत मल्ल युद्धमा हारेपछि ठूलो जमात नै पोखरा आएको र मानिस बसोबास गनेर्को संख्या ७०० पुगेको थियो । यो क्रम पंचायतकाल सम्म पनि निरन्तर चलिरहेको थियो । पोखरा बजार स्थापना भएको २७२ वर्ष भएको छ । पोखरालाई सहरको रुपमा परिणत गर्न थालिएको वर्ष विक्रम संवत् १८०९ हो भन्ने कुरा नेपाल र विदेशका इतिहासविद्हरूले आफ्ना किताबहरुमा उल्लेख गरेको पाइन्छ । सबैभन्दा पहिले यसबारे उल्लेख गर्ने इतिहासकार एफवि हैमिल्टन हुन्, जो विक्रम् संवत् १८५० मा नेपाल आएर नेपालको इतिहास लेखेका थिए ।
    वर्षको ३६५ दिनमा ३६६ वटा चाड मनाउँछन् भनेर नेवारलाई भन्ने गरिन्छ । त्यसैले त पुरानो कथन छ, ‘राणा बिग्रियो मोजले नेवार बिग्रियो भोजले’ । नेवारहरू संस्कृतिमा धनी छन् र आफ्नो संस्कृति जगेर्ना गर्न  सिपालु हुन्छन । हरेक अवसरलाई चाडको रूपमा मनाउन अग्रसर हुन्छन् तर पोखराका छब्बिस कुरियामा बसोबास गर्ने नेवार हरु आफ्नो मौलिक कला, परम्परा संगै जात्रा, पर्व मनाएर व्यापार बिस्तार गर्दथे । समग्रमा भन्नु पर्दा १८औ शताब्दीको सुरुमा नेवारहरुले पोखरामा प्रवेश गरेपछि नै पोखराको सांस्कृतिक, धार्मिक तथा आर्थिक विकासले गति लियो । तसर्थ आजको पोखरा सहर बन्नुमा छब्बिस कुरिया नेवारहरुको प्रमुख भूमिका छ ।

    तर हाल पोखराको आधुनिक रमझम महेन्द्रपूल, चिप्लेढुङ्गा, पृथ्वीचोक, सृजनाचोक हुदै लेकसाइड तीर मोडिए संगै यो पुराना वस्ती मुर्झाएको देखिन्छ। माछापुच्छ्रेको छाँया देखिने फेवातालले शहरकै इतिहास बोकेको नेवार बस्तीलाई छाँयामा पारेको जस्तो भान हुन्छ,  तर यथार्थ अर्कै छ। राज्यको उपल्लो तहमा पुगेर पनि आफ्नो क्षेत्र तथा समुदायको बिकासमा ध्यान नपुर्याएको हुदा सम्बन्धि निकाय संगै पोखराका नेवार अगुवाहरु पनि यसमा जिम्मेवार देखिन्छन । पोखराका बिभिन्न क्षेत्रमा छरिएर बसेका नेवारहरुलाई एकत्रित पारी एउटै छाता अन्तर्गत समुदायको बिकासको लागि राज्यलाई दवाब दिनुको साटो व्यक्तिगत अहमताका कारण पछिल्लो समय समुदाय भित् रनै बिभिन्न संघ संगठनहरु गठित गरी बिभाजित छन्।

    यिनै बिभिन्न चुनौतीहरुलाई चिर्दै अझैपनि नयाँ अवसर सृजना गर्न सकिने ठाउहरु देख्न सकिन्छ । यहाँ बाकी रहेका नेवा: वास्तुकलाका मन्दिर तथा घरहरू, नेवा: जात्रापात्रा, स्थानीय नेवा: खाजा आदीलाई समेटेर पोखरा सांस्कृतिक पर्यटन क्षेत्र निर्माण गर्न सके कोरोना महामारी र आर्थिक मन्दी संगै गाजिएको पर्यटन लाइ नया लयमा ल्याउन सकिन्छ र पोखरा बजारको इतिहास पनि भविष्यलाई साँच्न सकिन्छ। त्यसको लागि सबैभन्दा पहिला सम्बन्धित सबैले व्यक्तिगत अहमता त्यागी समुदायको समग्र बिकासकालागि पोखराका नेवारहरु एकजुट हुन आवश्यक छ। पोखरा महानगरपालिकाको जिम्मेवारी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न तथा भावी पुस्ताको लागि सुरक्षित राख्न महानगरपालिका भित्रका महत्वपूर्ण ऐतिहासिक क्षेत्र एवम बिभिन्न समुदायको मौलिक जात्रा, पर्व हरु सम्रक्षण गरी सहरको महिमा र गरिमालाई आधिकारिक रुपमा लिपिबद्ध गर्ने तर्फ महानगरपालिका ले समयमै ध्यान दिनुपर्दछ ।

    पोखराको बिकासमा अन्तराष्ट्रीय बिमानस्थल निर्माण एउटा खुड्किलो हो । पोखरालाइ पर्यटकिय राजधानी घोषणा गर्ने पहल सङ्गै यहाको मौलिकता सम्रक्षण गरी आधुनिक बिकास को रेखा कोर्ने गर्ने बेला भएको छ । यसको शुरुवात पोखराको पहिलो बजार छब्बिस कुरिया बाट गर्न सके महानगरपालिका साच्चिनै योजनाबद्ध तरिकाले अगाडि बढेको आभाष हुनेछ ।
    महानगरपालिका भित्रका ऐतिहासिक क्षेत्रको मौलिकता सम्रक्षण गर्दै आधुनिक बिकासको लागि दूरगामी योजना सहित अक्षरस कार्वान्वयन गरी अहिलेकै मेयरको अवधिमा पोखरा बजार स्थापनाको २७५ वर्ष उत्सव मनाउन सके सबै पोखरेली हरु आफ्नो मेयर तथा महानगरपालिका प्रति गौरवान्वित महसुस गनेर्छन् ।  छब्बिस कुरिया संरक्षण समुहको उदेश्य र फोटोकथा प्रदर्शनीको अवधारणा

    काठमाण्डौ उपत्यकाको तुलनामा सिमित मात्रामा हुने पर्व र जात्रापनि  छब्बीस कुरिया क्षेत्रमा नै केन्द्रीत भएको देखिन्छ। पछिल्लो समय छब्बीस कुरिया क्षेत्र लगायत कास्कीका गाउ र छिमेकी जिल्लाहरुबाट बसाइ सराइ गरेका नेवारहरु पोखराका बिभिन्न ठाउमा छरिएर बसेका छन्। आफू बस्ने समुदायमा अल्पसन्ख्यकको रुपमा बसोबास गरिरहेका नेवारहरु आफ्ना बिभिन्न पर्व र जात्राहरु बिर्सनुपर्ने बाध्यता छ । ती बाध्यताहरुलाइ चिर्न र बिभिन्न क्षेत्रमा बसेका नेवारहरुलाइ एकतृत पारी आफ्नो पर्व र जात्राहरुलाइ ब्यूताउनको लागि पोखरा बजार केन्द्रीत नेवारी सङ्घ सन्स्थाहरुले पहल गर्नुपर्दछ ।

    आफ्नो इतिहास लाइ आत्मसाथ गर्दै जसरी २७२ वर्ष अगाडि काठमाडौं उपत्यका बाट छब्बिस कुरिया क्षेत्रमा एकतृत भइ पोखरा बजार बसाल्न मूख्य भूमिका खेलेका थिए त्यसरी नै समय अनुसार बजारलाइ बिकेन्द्रीकृत गरी आफ्नो जात्रा, पर्वलाइ अन्य क्षेत्रमा पनि जिवन्त राख्नु पर्दछ । उदाहरण को लागि पोखरा महानगरपालिकाको पूर्व मा लेखनाथ, पश्चिममा हेम्जा, उत्तरमा लामाचौर र दक्षिण मा बिरौटा हुनसक्दछ । त्यसको लागि सर्वप्रथम बिभिन्न नेवारी सङ्घ सन्स्था एकजुट हुनुपर्दछ र पोखरामा आफ्नो इतिहास बोकेको छब्बिस कुरियाको मौलिकतालाइ जगेर्ना गरि आधुनिक पोखराको बिकासमा बिभिन्न सरकारी निकाय तथा अन्य समुदायहरु सङ्ग पनि हातेमालो गर्नुपर्दछ ।
    पोखरामा पनि बिस्का जात्रा मनाउछ भन्ने धेरै लाइ थाहा नहुन सक्छ । बिक्रम संवत्अनुसार सौरमासको आधारमा चल्ने नयाँ वर्षको आगमनसँगै सुरु हुने भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्काः जात्रा पोखराको गणेशटोलमा रहेको गणेश गुठीले नया वर्षको पुर्व सन्ध्या देखि मनाउने गर्छ । नया वर्षको दिनदेखि गणेशको मुर्तिलाइ रथमा बोकेर छब्बिस कुरिया क्षेत्र परिक्रमा गरिन्छ । सायद एउटा गुठीले मात्र मनाउने भएर होला बिभिन्न ठाउमा परिक्रमा गरिएतापनि जनसहभागिता न्यून भएको कारणले रौनकता कम हुन्छ । जात्रामा जनसहभागिता बढाउन र रौनकता बढाउन छब्बिस कुरिया सम्रक्षण समुहले आफ्नो गठन साल २०७८ मै गुठीसङ्ग सहकार्य गरेको थियो ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.