तर हाल पोखराको आधुनिक रमझम महेन्द्रपूल, चिप्लेढुङ्गा, पृथ्वीचोक, सृजनाचोक हुदै लेकसाइड तीर मोडिए संगै यो पुराना वस्ती मुर्झाएको देखिन्छ। माछापुच्छ्रेको छाँया देखिने फेवातालले शहरकै इतिहास बोकेको नेवार बस्तीलाई छाँयामा पारेको जस्तो भान हुन्छ, तर यथार्थ अर्कै छ। राज्यको उपल्लो तहमा पुगेर पनि आफ्नो क्षेत्र तथा समुदायको बिकासमा ध्यान नपुर्याएको हुदा सम्बन्धि निकाय संगै पोखराका नेवार अगुवाहरु पनि यसमा जिम्मेवार देखिन्छन । पोखराका बिभिन्न क्षेत्रमा छरिएर बसेका नेवारहरुलाई एकत्रित पारी एउटै छाता अन्तर्गत समुदायको बिकासको लागि राज्यलाई दवाब दिनुको साटो व्यक्तिगत अहमताका कारण पछिल्लो समय समुदाय भित् रनै बिभिन्न संघ संगठनहरु गठित गरी बिभाजित छन्।
पोखराको बिकासमा अन्तराष्ट्रीय बिमानस्थल निर्माण एउटा खुड्किलो हो । पोखरालाइ पर्यटकिय राजधानी घोषणा गर्ने पहल सङ्गै यहाको मौलिकता सम्रक्षण गरी आधुनिक बिकास को रेखा कोर्ने गर्ने बेला भएको छ । यसको शुरुवात पोखराको पहिलो बजार छब्बिस कुरिया बाट गर्न सके महानगरपालिका साच्चिनै योजनाबद्ध तरिकाले अगाडि बढेको आभाष हुनेछ ।
महानगरपालिका भित्रका ऐतिहासिक क्षेत्रको मौलिकता सम्रक्षण गर्दै आधुनिक बिकासको लागि दूरगामी योजना सहित अक्षरस कार्वान्वयन गरी अहिलेकै मेयरको अवधिमा पोखरा बजार स्थापनाको २७५ वर्ष उत्सव मनाउन सके सबै पोखरेली हरु आफ्नो मेयर तथा महानगरपालिका प्रति गौरवान्वित महसुस गनेर्छन् । छब्बिस कुरिया संरक्षण समुहको उदेश्य र फोटोकथा प्रदर्शनीको अवधारणा
काठमाण्डौ उपत्यकाको तुलनामा सिमित मात्रामा हुने पर्व र जात्रापनि छब्बीस कुरिया क्षेत्रमा नै केन्द्रीत भएको देखिन्छ। पछिल्लो समय छब्बीस कुरिया क्षेत्र लगायत कास्कीका गाउ र छिमेकी जिल्लाहरुबाट बसाइ सराइ गरेका नेवारहरु पोखराका बिभिन्न ठाउमा छरिएर बसेका छन्। आफू बस्ने समुदायमा अल्पसन्ख्यकको रुपमा बसोबास गरिरहेका नेवारहरु आफ्ना बिभिन्न पर्व र जात्राहरु बिर्सनुपर्ने बाध्यता छ । ती बाध्यताहरुलाइ चिर्न र बिभिन्न क्षेत्रमा बसेका नेवारहरुलाइ एकतृत पारी आफ्नो पर्व र जात्राहरुलाइ ब्यूताउनको लागि पोखरा बजार केन्द्रीत नेवारी सङ्घ सन्स्थाहरुले पहल गर्नुपर्दछ ।