बलान विहुल गाउँपालिका–५ रामनगर घर भई राजविराज नगरपालिका–४ बजरंग चौकमा डेरा बस्ने ४१ वर्षीया सोनिता देबी यादवको हत्या कसुरमा राजविराज नगरपालिका–६ पूर्णी पोखरी टोलका ४२ वर्षीय शंकर शर्मालाई भदौ १० गते जन्मकैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुर्पक्षका लागि कारागारमा थुनामा रहेका आरोपितलाई कसुर ठहर गर्दै जन्मकैद सजायको फैसला सुनाएको हो । न्यायाधीश रावलकै आदेशमा आरोपित गत जेठ २१ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । आरोपितले २०८० वैशाख २४ गते बलात्कार गरी हत्या गरेको भन्दै मृतकका ससुरा शैलेन्द्र यादवले जिल्ला प्रहरी कार्यालयमा वैशाख २५ गते उजुरी दिनुभएको थियो । जिल्ला प्रहरी कार्यालयले वैशाख २५ गते उजुरी दर्ता गरेकोमा जिल्ला अदालतमा जेठ १८ गते अभियोग पत्र दायर भएको थियो ।
पीडितको शव ०८० वैशाख २४ गते साँझ घरधनी सुरेन्द्र साहको एक तल्ले घरमा फेला परेको थियो । शवको पोष्टमार्टम वैशाख २५ गते गजेन्द्रनारायण सिंह अस्पतालमा भयो । आरोपित ०८० वैशाख २५ गते गिरफ्तार भएका थिए ।