• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख ३१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अधिकारकर्मीद्वारा कास्कीको बालसुधार गृहको अनुगमन

"कास्कीको बालअधिकारका लागि नागरिक समाजको टोलीले २०८० भदौ १० गते कास्कीको पोखरा महानगरपालिका– १८ सराङकोट स्थित बालसुधार गृहको अनुगमन "

  •     अभियान हाम्रो/ सोमबार, भदौ ११, २०८०  

  • कास्कीको बालअधिकारका लागि नागरिक समाजको टोलीले २०८० भदौ १० गते कास्कीको पोखरा महानगरपालिका– १८ सराङकोट स्थित बालसुधार गृहको अनुगमन गरेको छ ।  बालसुधार गृहको अवस्था र समस्याका बारेमा अधिकारकर्मीहरुद्वारा उक्त बालगृहमा रहेका बालकहरुसँग अन्तरक्रिया गरेर त्यहाँ रहेको समस्याहरुको पहिचान गरिएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय प्रमुख शिव खकुरेलले ‘पछिल्लो पटक केही बालगृहमा तोडफोड भएको र बालगृहबाटै बालकहरु हराएको विषयहरु आइरहेका छन् । सोही विषयलाई मध्यनजर गर्दै कास्कीमा रहेको बालसुधार गृहको अवस्था बुझन् अनुगमन गरेका हौं,’ भन्नुभयो ।

    बालगृहमा अप्रिय घटनाहरू हुन नदिनकालागि बालकहरूका समस्या र सुधारगृहको व्यवस्थापनका विषयमा बुझ्न आँफूहरु पुगेको उहाँको भनाई छ । अनुगमनका क्रममा बालसुधार गृहकी मनोविमशकर्ता ज्योति शर्माले बालगृहको अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । उहाँले गृहमा बालकहरुलाई स्वास्थ्य उपचार गराउन मुस्किल भएको प्रतिक्रया दिनुभयो । गृहमा गाडी नभएकाले स्वास्थ्य उपचारका बेलामा अस्पताल लैजान कठिनाइहरु भोग्नुपरेको उहाँको भनाई छ ।

    अनुगमनका क्रममा सुधार गृहका बालकहरूले शिक्षा, स्वास्थ्यका बारेमा समस्याहरु राखेका थिए । बालकहरुले उच्च शिक्षा पढ्न व्यवस्था नभएको, अस्पतालसम्म जान गृहको गाडी समेत नभएको उल्लेख गरेका थिए । केही बालकहरुले पढ्ने इच्छा हँुदा हुदैपनि विद्यालय र शिक्षकको व्यवस्था नहुँदा पढ्न नपाएको गुनासो गरेका थिए । कतिपय बालकहरुले कारागारले दिने चामल र दैनिक सिदा समेत नपुग्ने गरेको गुनासो गरेका थिए । िवभिन्न कानुनी विवादमा परेका बालकहरू मध्ये केहि दीर्घ मुटुरोगी समेत रहेको पाइएको छ ।

    अनुगमन टाेलीद्धारा अनाैपचारिक अन्तक्रिया

    पोखरा उद्योग वाणिज्य संघकी विजया अधिकारीले बालसुधार गृहमा आगामी दिनमा सीपमुलक तालिमहरू सिक्न चाहने बालकहरूका लागि व्यवस्था गर्न पहल गर्ने बताउनु भयो ।

    कोपिला नेपालकी बिना सिलवालले बालकहरूको न्यूनतम बाल अधिकार सुनिश्चित गर्न पहल गर्ने बताउनुभयो । अनुमगनमा नेपाल नेपाल बाल संगठन कास्कीका सभापति वामदेव ढुंगाना र सिविन नेपालबाट कृष्णा गुरुङले अनुगमन गर्नुभएको थियो । अनुगमनले अप्रिय घटना हुन नदिन र बालसुधार गृहलाई बालमैत्री बनाउन अनुगमन गरेको इन्सेक प्रमुख खकुरेलले बताउनुभयो । बालसुधार गृहमा रहेका बालकहरूको बाल मनोसामाजिक परामर्श, शिक्षा, सीपमुलक तालिमहरू प्रदान गर्न जिल्ला स्थित विभिन्न सरोकारवालाहरूलाई आग्रह गर्ने र देखिएका समस्या समाधान गर्ने अनुगमन टोलीले निर्णय गरेको छ ।

    कास्कीको सराङकोट स्थित बालसुधार गृहमा हाल विभिन्न विवादमा परेका ८६ जना बालकहरू रहेका छन् । अधिकांश बालकहरुले मुद्दाको छिनोफानो ढिला हुने गुनासो गरेका थिए । बालकहरुले मुद्दा जति सक्दो छिटो फछर्याैंट हुने व्यवस्था गरिदिन अधिकारकर्मीसँग माग गरेका थिए ।

    अनुगमन टाेलीद्धारा अनाैपचारिक अन्तक्रिया १

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.