• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ ०१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पहिरोले क्षति पुर्‍याएपछि चैनपुर नगरपालिका-६ मा सेवा प्रभावित

"चैनपुर नगरपालिका-६ स्थित प्रसूति गृह भवनमा पहिरोले क्षति पुर्‍याएपछि सेवा प्रवाह प्रभावित "

  •     अभियान हाम्रो/ सोमबार, भदौ ११, २०८०  

  • चैनपुर नगरपालिका-६ स्थित प्रसूति गृह भवनमा पहिरोले क्षति पुर्‍याएपछि सेवा प्रवाह प्रभावित भएको छ । प्रसूति गृहभवन भदौ १० गते बिहान खसेको पहिरोबाट क्षतिग्रस्त भएको छ । जसका कारण प्रसूति सेवा प्रभावित भएको चैनपुर नगरपालिका उपमेयर एलिना श्रेष्ठले बताउनु भयो ।

    पहिरोका कारण प्रसूति गृहभवन, वेडलगायत स्वास्थ्य सामग्रीमा क्षति पुगेको छ । २० लाख रुपियाँ बराबरको सामानमा क्षति भएको प्रसूति गृह प्रशासनले जनाएको छ । पहिरोका कारण प्रसूति गृहको भवन चिरा परेको छ । पहिरोले भवन र तीन ओटा कोठा र स्वास्थ्य उपकरणलगायतका सामग्रीमा क्षति पुगेपछि प्रसूति सेवा प्रभावित भएको प्रसूति गृहका मेडिकल अधिकृत सञ्जय क्षेत्रीले बताउनु भयो ।

    Photo 20230827 Sangkhuwasabha (2)

    प्रसूति सेवा केही उपायलगाएर एक दुई दिनभित्रमा सञ्चालन गरिने अधिकृत क्षेत्रीले बताउनु भयो । प्रसूति गृहमा गर्भवती महिलासहित दैनिक ४० जना बढी जनाले सेवा लिँदै आएका छन् । प्रसूति गृहको सेवा प्रभावित भएपछि तत्काललाई सेवाग्राहीहरूलाई जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थामा रिफर गरिएको मेडिकल अधिकृत सञ्जय क्षेत्रीले बताउनु भयो । प्रसूति भवन गृह वि.स. ०६७ सालमा १ करोड ३९ लाख रुपियाँ लगानी गरेर निर्माण गरिएको थियो ।

    नेपालको संविधान २०७२, ले धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रुपमा व्याख्या एवम् व्यवस्था गरेको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.