• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अब क्षयरोगसम्बन्धी बिरामीको अवस्था र ठोस तथ्यांक उपलब्ध हुने


  •    संवाददाता/ सोमबार, भदौ ११, २०८०  

  • कुनै बेला रुपन्देहीसहित प्रदेशभरि क्षयरोग (टिबी) का बिरामीहरुको अवस्था र तथ्यांकबारे ठोस तथ्यांक थिएन। जसका कारण अन्दाजको भरमा सरकारी तथा गैरसरकारी निकायले काम गर्दै आएका थिए।

    अहिले लुम्बिनी प्रदेशसहित कर्णली र सुदूरपश्चिम क्षेत्रमा समेत हेर्ने गरी सेभ द चिल्ड्रेनको तर्फबाट वरिष्ठ कार्यक्रम व्यवस्थापक मिमबहादुर सिंहको आगमन भएपछि प्रदेशको तथ्यांक व्यवस्थापनमा नेपालकै नमुना अभ्यासको सुरुवात गर्नुभएको छ। तथ्यांक व्यवस्थापनका लागि डेटा म्यानेजमेन्ट कमिटी गठन गरी सबै पालिकाका सबै निकायमा यसको पहुँच विस्तार गर्नुभएको छ।

    अहिले प्रदेशमा क्षयरोगसम्बन्धी बिरामीको यकिन तथ्यांक उपलब्ध हुन थालेको छ। टिबी रोग बारेमा जानकारी भए पनि सरकारी निकाय, अस्पतालहरुमा यसको फोकल पर्सन तोक्ने परिपाटी नै थिएन। यो विषयमा उहाँले पटक–पटक लबिङ गरेपछि अहिले भने प्रत्येक स्वाथ्यसम्बन्धी निकायमा फोकल पर्सन समेत तोकिएका छन्।

    रुपन्देहीबाट सुरु भएको डेटा म्यानेजमेन्ट कमिटी अहिले देशभर नै विस्तार भएको छ। पालिकामा टिबीसम्बन्धी समस्या भएका बिरामीहरुको अवस्थाबारे सफ्टवेयरमार्फत नै जानकारी केन्द्रसम्म प्रवाह हुन्छ। रोगको अवस्था, टिबीको प्रकार, सेवन गरिहेको औषधि, समयावधिलगायत सबै विवरण प्राप्त हुँदा उपचारमा समेत सहजता भएको सम्बन्धित चिकित्सकहरु बताउँछन्।

    डेटा म्यानेजमेन्ट कमिटी सबै पालिकामा गठन भएपश्चात् यसले पालिकाको सबै गतिविधिहरु केन्द्रमा पठाउँछ। जसले जिल्लागत र प्रदेशगत तथ्यांकहरु संकलन गर्न र योजना बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ।

    यो डेटा म्यानेजमेन्ट कमिटी विस्तार भई हाल संघीय तहमा समेत स्थापना भएको छ। केन्द्रीय सल्लाहकार कमिटी पनि गठन भएको छ। यसले कपिलवस्तु जिल्लाका १० वटा पालिकामा बढीे प्रभाव पारेको वरिष्ठ कार्यक्रम अधिकृत मिमबहादुर सिंह बताउनुहुन्छ।

    उहाँका अनुसार पहिला अनुमान गरिएको तथ्यांक भन्दा वास्तविक तथ्यांक आउनुका साथै नयाँ केससमेत पत्ता लाग्ने दरसमेत बृद्धि भएको छ। यस्तै, निजी अस्पतालमा आउने बिरामीहरुको समेत परीक्षण गरी सोही अनुसारको डेटा म्यानेजमेन्ट नेटवर्कमा जडान गरिएका कारण अहिले निजी क्षेत्रबाट समेत क्षयरोगका विरामीहरुको अवस्थाबारे विवरण आउन थालेको छ।

    गत वर्ष मात्रै ८ हजार ८५ जना नयाँ केस पत्ता लागेको छ। प्रतिलाखमा १५७ जना क्षयरोगी भएको केन्द्रीय तथ्या.क छ। डेटा म्यानेजमेन्टले यो रोग पहिचान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ।

    हाल १५ वटा सरकारी अस्पताल र १२ वटा निजी अस्पताल तथा स्वाथ्य संस्थाहरुमा टेक्निकल नेटवर्क गठन गरिएको छ।

    स्वास्थ्य निर्देशनालय लुम्बिनीका टिभी, एचआइभी फोकल पर्सन रामप्रसाद भट्टराई भन्नुहुन्छ, ‘सेभ द चिल्डे«नका मिमबहादुर सिंह आएपछि डेटा म्यानेजमेन्ट राम्रो भएको छ। उहाँहरुको धेरै कुरामा सपोर्ट छ। टिभी एचआइभी, मलेरियालगायका क्षेत्रमा राम्रो सहयोग पाएको छौँ। यो सहयोगले तथ्यांक पनि ठोस आएको छ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.