• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

"आफ्नो नामबाट अर्कैले नागरिता लिएपछि पीडित भएका रास्कोट नगरपालिका –८ का ३२ वर्षीय देवराज धमालालाई कानुनी प्रक्रियामा जान इन्सेकले भदौ ७ गते कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीमार्फत सहयोग "

  •     अभियान हाम्रो/ आइतबार, भदौ १०, २०८०  

  • आफ्नो नामबाट अर्कैले नागरिता लिएपछि पीडित भएका रास्कोट नगरपालिका –८ का ३२ वर्षीय देवराज धमालालाई कानुनी प्रक्रियामा जान इन्सेकले भदौ ७ गते कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीमार्फत सहयोग गरेको छ ।

    सोही ठाँउका गंगाराम धमालाले भारतबाट एकजना नागरिक ल्याएर देबराजको नाममा नागरिकता दिएको पीडित हुनुभएको थियो । वास्तविक देबराज धमाला नागरिकता नपाएर पीडित भएर कानुनी प्रक्रियामा जान समस्या भएको भन्दै पीडितले इन्सेकले कालिकोटमा गठन गरेको मानव अधिकार रक्षक सञ्जालमा सहयोगको लागि भदौ २ गते निवेदन दिनु भएको थियो ।

    २० वर्ष भारत वसेर आफ्नो घर फर्केका पीडितले साउन १४ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु भएको थियो । पीडित धमलाको निवेदन आएपछि वडाध्यक्ष लगाएत सबैलाई बोलाएर नकक्ली नागरिकता रद्द गर्न मन्त्रालयमा पठाइएको क्याविनेटबाट रद्द भइ आएपछि पीडितको नयाँ नागरिकता प्रक्रिया अगाडी बढ्ने प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले बताउनु भयो ।

    कमजोर आर्थिक अवस्थाका कारण खान बस्न समेत समस्या भएका पीडितलाई नागरिकताको कानुनी प्रक्रियामा जाने प्रयोजनाका लागि इन्सेकले रु ५ हजार रुपियाँ नगद प्रदान गरेको हो । पीडितको निवेदन पछि इन्सेकद्वारा गठित मानव अधिकार रक्षक सञ्जाल कालिकोटको भदौ ६ गते बसेको बैठकले पीडितलाई नागरिकता बनाउन लागि कानुनी प्रक्रियामा जान आवश्यक सहयोग गर्न इन्सेकलाई अनुरोध गर्ने निणर्य गरेको थियो ।

    सहयोग पाएपछि पीडित धमलाले कानुनी प्रक्रियामा जान सहयोग भएको भन्दै इन्सेकलाई धन्यवाद दिनु भयो । आर्थिक अवस्था कमजोर भएका कारण कानुनी प्रक्रियामा जान नसकेका गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका पीडितलाई मानव अधिकार सहायता कक्षले सहयोगगर्दै आएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.